बीबीसी । श्रीलंकामा आठौं विस्फोट गराइएको छ । बीबीसीका अनुसार आठौं विस्फोट कोलम्बोको देमाटागोडामा विस्फोट गराइएको हो । आइतबार बिहान विभिन्न छ स्थानमा विस्फोट गराइएको थियो भने दिउँसो दुई विभिन्न स्थानमा विस्फोट गराइएको हो ।
विस्फोटबाट ठूलो जनधनको क्षति भएको र विस्फोटका शृंखला नरोकिएपछि श्रीलंका सरकारले देशभर आपतकालीन कर्फ्यू घोषणा गरेको छ । त्यससँगै त्यहाँको सरकारले सामाजिक सञ्जालको ‘म्यासेजिङ सर्भिस’ मा पनि प्रतिबन्ध लगाएको छ । यो सेवा कतिसम्म बन्द गर्ने भन्ने खुलाइएको छैन । बीबीसीले श्रीलंकाको विस्फोटको अपडेटका लागि
यसअघिको सातौं विस्फोटमा दुई जनाको ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोलम्बोस्थित देहीवालामा रहेको चिडियाखाना पछाडिरहेको होटलमा उक्त विस्फोट गराइएको थियो ।
अहिलेसम्म श्रीलंकाको विस्फोटमा १८७ जनाको ज्यान गइसकेको पुष्टि भएको छ । आइतबार बिहान भएका छुट्टाछुट्टै विस्फोटमा एक सय ८५ जनाको मृत्यु भएको कोलम्बो नेशनल हस्पिटलले पुष्टि गरेको हो ।
विष्फोटमा परी चार सय ४० जना भन्दा बढी घाइते भएका छन् । कोलम्बो अस्पतालका अनुसार आक्रमणमा परी मृत्यु भएका मध्ये नौ जना विदेशी नागरिक रहेका छन् ।
बीबीसीका अनुसार आइतबार बिहानमात्र तीन चर्च र कोलम्बोका तीन वटा फाइभ स्टार होटलहरुमा बम विष्फोट भएको हो । कोच्चादाईस्थित सेन्ट एन्थोनी, बट्टिकोला र नेगोम्बो चर्च र कोलम्बको सांग्री–ला स्टार, किंग्सबरी र सिनेमन ग्राण्ड होटलमा विष्फोट भएको बताइएको छ ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आक्रमणको अनुसन्धान भइरहेका बताएका छन् । उनले भ्रामक समाचारमा विश्वास नगर्न र शान्त रहन अपिल पनि गरेका छन् ।
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस