काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादकको जिम्मेवारीबाट पत्रकार विजयकुमार पाण्डे बाहिरिएका छन्। आइतबार अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय तीनकुनेमा नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले संस्थामा नेतृत्वदायी भूमिकाका लागि पाण्डेलाई धन्यवाद दिए।
‘उहाँ ग्रुप सम्पादकको जिम्मेवारीबाट बाहिरिनुभएको छ’, बिदाइ कार्यक्रममा अध्यक्ष थापाले भने, ‘तर टेलिभिजनमा हामीसँगै सहकार्यमा हुनुहुन्छ।’
बिदाइ कार्यक्रममा पाण्डेले पुस्तक लेखन तथा एपीवन टेलिभिजनको मेगा सिरिज कार्यक्रमको प्रस्तुतिमा समय दिनुपर्ने भएकोले जिम्मेवारीबाट बाहिरिएको बताए। ‘पुस्तक र टेलिभिजनको नयाँ प्रयोगमा रुचि बढेकोले आफूलाई त्यता केन्द्रित गर्न खोजेको छु’, उनले भने, ‘यो अवसरका लागि संस्थाप्रति आभारी छु। मेरो योगदान टेलिभिजनमा रहिरहनेछ।‘
अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले सहकार्यको अवसर मिलेकोमा धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना दिए।
पहिलो पुस्तक ‘खुसी’ का लागि २०७१ सालको मदन पुरस्कार पाएका पाण्डे दोस्रो पुस्तक प्रकाशनको तयारीमा छन्। विजयकुमार २०७४ असोज २६ गते अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक नियुक्त भएका थिए।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस