काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि नेपाल कम्युनिस्ट पार्टीले सोमबार नेकपाको ७० औं स्थापना दिवस मनाउँदै छन्।कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको छ। यता, पाँचजना संस्थापकको तस्विर पनि सचिवालय सदस्य बस्ने मञ्चको पछाडि राखिएको छ। संस्थापकहरूसँगै तत्कालीन एमालेका महासचिव मदन भण्डारीको तस्वीर पनि राखिएको छ। मदन भण्डारीको तस्बिर चारजना संस्थापकहरूभन्दा माथि ठूलो आकारमा राखिएको छ। भण्डारी र संस्थापक पुष्पलालको फोटो सँगसँगै, एउटै आकारमा राखिएको छ भने अन्य चारजना संस्थापकका तस्बिर दुईजनाको भन्दा तल सानो आकारमा राखिएको छ। मदन भण्डारी कम्युनिष्ट पार्टीका संस्थापक नभए पनि कम्युनिष्ट आन्दोलनलाई पछिल्लो कालखण्डमा जनताको बहुदलिय जनवादका नामबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सफल नेताका रुपमा परिचित छन्।
गतवर्ष पार्टी एकता नहुँदै मनाइएको नेकपा स्थापना दिवसमा भने संस्थापकसँगै मदन भण्डारी र मनमोहन अधिकारीको फोटो ब्यानरमा राख्दा विवाद भएको थियो। राष्ट्रिय सभागृहमा मनाइएको उक्त स्थापना दिवसमा विवाद भएपछि ब्यानर नै परिवर्तन गर्नुपरेको थियो। गतवर्ष नै मदन भण्डारीको निधन भएको दिन जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो।यसपटक मनमोहन अधिकारीको फोटो भने राखिएको छैन । आजको स्थापना दिवसमा भने तस्बिरको विषयलाई लिएर विवाद छैन। नेकपाले आजै पार्टी एकतालाई टुंगोमा पुर्याउने तयारी गरेका छन्। तर जिल्ला तहमा एकताले टुंगो पाएको छैन। यसले आजै पूर्णता पाउने बताइएको छ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस