काठमाडौं । राजधानीको मौसम आज बिहानैदेखि बदलिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी क्षेत्रका भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् विभूति पोखरेलका अनुसार पूर्वी भागमा न्यूनचापीय रेखासमेत देखिएकोले त्यस क्षेत्रमा मौसम फेरबदलको सम्भावना अझ बढी हुनेछ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
भोलि शनिबार दिउँसो पनि देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।
शनिबार राति पूर्वी भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।
आउँदो आइतबार दिउँसो पनि देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । देशको पूर्वी भू–भागको थोरै स्थानमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको र आइतबार राति देशका पहाडी भेगमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस