काठमाडौँ : गोर्खा भर्ती विषयमा विभिन्न बहस भइरहँदा सन् २०२० इन्टेकमा नेपालीका लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ना खुलेको छ। वेलायती सेनाद्वारा जारी सूचनाअनुसार यो पटक धरान र पोखराबाट भर्ती लिइनेछ।
ब्रिटिश गोर्खा एवं सिंगापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग वेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा स्पष्ट पारिएको छ। ‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन।’
यो वर्ष ब्रिटिश गोर्खाका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसका लागि १२० नेपाली युवा माग गरिएको छ। वेलायती सेना भर्ती प्रक्रिया नि:शुल्क, निष्पक्ष र पारदर्शी हुने दाबी गरेको छ।
के चाहिन्छ योग्यता?
वेलायती सेनाले व्रिटिश गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ। नयाँ एसइइ ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अग्रेजी र गणितमा सी ग्रेडिङ अनिवार्य) ग्रडिङ भएको हुनुपर्नेछ। उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ।
उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्नेछ। छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ। यसैगरी चश्मा/कन्ट्याक लेन्स/लेजर सर्जरी स्वीकार्य हुने छैन।
दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ। अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ। भर्ती प्रक्रियामा दर्ता हुन मेसिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ।
खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस