काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सन्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको जिकिर गरेका हुन् । शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेकी थिइन् ।त्यसलाई लिएर विभिन्न टिप्पणीहरु भएपछि प्रधानमन्त्री ओलीले स्पष्टोक्ति दिएका हुन् । बौद्धिक वर्गलेसमेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रतिप्रश्न
प्रधानमन्त्री ओलीले विश्वको कुरा थाहा नपाएपनि ‘छिमेकी मुलुक भारतको कुरा बौद्धिक वर्गले थाहा नपाउनु दुःखद्’ भएको बताए । मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले यसलाई उचाल्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले भर्खरै राजतन्त्र गएकाले कसै–कसैलाई झ–झल्को लाग्नु स्वाभाविक भएको भन्दै ‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले ‘कसको सरकार भन्ने ?’ भनी प्रतिप्रश्न गरे ।
‘सचिवालयको दुरुपयोग’
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च योजना आफूले नमागेको प्रष्टीकरण दिए । ‘जिल्लाका केही साथीले आफ्नो सचिवालयको दुरुपयोग गरेको’प्रति उनले दुःख व्यक्त गरे । आफूले गल्ती भएकोभन्दासमेत केही सन्चारमाध्यम पछिलागेको भन्दै उनले राजनीति गर्ने अरु विषय पनि भएको भन्दै टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए । उनले आर्थिक सुशासन र विकासमा रचनात्मक सहयोग गर्न सवैसँग आग्रह पनि गरे ।
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस