hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 24, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / विश्व

थाईल्यान्ड राज्याभिषेक: चारवटा बिहे गरेका वाचिरालङ्कन कस्ता राजा बन्लान्

२१ बैशाख २०७६, शनिबार १३:३७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

थाईल्यान्डका राजा महा वाचिरालङ्कनलाई तीन दिने राज्याभिषेक समारोहको पहिलोदिन राजमुकुट पहिर्‍याइएको छ।
लामो समय शासन गरेका राजा पूमिपोन अदून्यदेतको निधन भएपछि सन् २०१६ मा वाचिरालङ्कनले उत्तराधिकारीका रुपमा राजगद्दी प्राप्त गरेका हुन्।थाईल्यान्डका राजा वाचिरालङ्कन- जसको नामको अर्थ हुन्छ ‘जुहारात अथवा बिजुलीबाट सुसज्जित’- सन् १९५२ को जुलाई २८ तारिखमा जन्मेका हुन्।

उनी रानी सिरिकिट र पुमिपोन अदून्यदेतका दोश्रो सन्तान तर पहिलो छोराका रुपमा जन्मिएका थिए। राजकीय उत्तराधिकारबारे वर्षौँ अनिश्चितता छाएपछि पुरुष सदस्य जन्मिएकाले त्यसलाई महत्त्वपूर्ण रुपमा हेरिएको थियो।
तर त्यसबेला थाईल्यान्डको राजनीतिक मर्यादाक्रममा राजतन्त्रको स्थान अनिश्चित थियो।

सैन्य तालिम

त्यहाँको निरङ्कुश राजतन्त्र सन् १९३२ मा फ्याँकिएको थियो, सन् १९३५ मा त राजतन्त्र नै समाप्त पारिएको थियो र ११ वर्षसम्म देशमा राजा थिएनन्। राजा वाचिरालङ्कनले शुरूमा ब्याङ्ककस्थित दरबार विद्यालयमा अध्ययन गरे।जब १३ वर्षको भए, ब्रिटेनमा पठाइयो, त्यहाँका दुईवटा निजी विद्यालयमा उनले अध्ययन गरे। उनलाई स्कूलको अन्तिम वर्षका लागि अष्ट्रेलियाको सिडनीस्थित एक विद्यालयमा पठाइएको थियो। त्यसपछि उनले क्यानबेरा डन्ट्रूनस्थित रोयल मिलिटरी कलेजमा चार वर्ष बिताएका थिए। तर उनी स्वयम्‌ले पुल्पुल्याइएको आफ्नो बालापनलाई दोष दिँदै त्यसका कारण अध्ययन गर्न निकै कठिन भएको बताएका थिए। डन्ट्रून‍मा नम्बर पाउन पनि उनलाई मुस्किल परेको थियो।

आमाकै नजरमा रतिरागमा रमाउने पात्र त्यसपछि उनले थाइल्यान्ड, यूके, अमेरिका र अष्ट्रेलियामा थप सैन्य तालिम लिए र थाई सेनामा एक अधिकारी बने। उनले फाइटर र साधारण दुवै पाइलट तालिम लिएका छन्। विदेश भ्रमणमा जाँदा आँफै बोइङ ७३७ उडाउँछन्।

उनलाई उनका बाबुले सन् १९७२ मा औपचारिक रुपमा युवराजको उपाधि दिएका थिए जसले उनलाई त्यहाँको राजतन्त्रको औपचारिक उत्तराधिकारी बनाएको थियो। तर त्यसबेलासम्ममा उनको शारिरीक तन्दुरुस्तीलाई कारण देखाउँदै उत्तराधिकारी बनाउन हुने कि नहुनेबारे प्रश्न उठाइएको थियो।

उनकी बहिनी सिरिनतुनले दत्तचित्त रुपमा उनका बाबुको विकास आयोजनाहरूमा सहयोग गरे पनि वाचिरालङ्कनमा त्यसबारे कुनै उत्साह देखिन्नथ्यो। बरु उनी महिलाहरूका पछि लाग्ने, जुवातास खेल्ने र गैर कानुनी व्यवसाय गर्ने गरेकोबारे निरन्तर रुपमा गाइँगुइँ चलिरहन्थ्यो। सन् १९८१ मा उनकी आमा रानी सिरिकीटले ती समस्याहरू उल्लेख गर्दै आफ्नो छोरालाई रतिरागमा रमाउने एक पात्रसँग दाँजेकी थिइन्।

सप्ताहन्तमा राम्री महिलासँग

आफ्नो दायित्त्व बहन गर्नमा भन्दा उनी राम्री महिलाहरूसँग सप्ताहन्त बिताउन मन पराउने व्यक्ति भनेकी थिइन्।

वाचिरालङ्कनले सन् १९९२ मा थाई पत्रकारहरूसँगको दुर्लभ कुराकानीमा ‘माफियाको जस्तो छवी र भूमिगत व्यवसायमा संलग्न’ भन्ने ती गाईँगुईँहरू अस्वीकार गरेका थिए। सन् १९७७ मा उनले आफ्नी नजिककी बहिनी पर्ने सोमसावालीसँग बिहे गरेका थिए र सन् १९७८ मा पहिलो बच्चा राजकुमारी बजराकितियाभाको जन्म भयो।

तर त्यसबेलासम्ममा उनी एउटी भर्खरकी नायिका युवाधिदासँग लागिसकेका थिए। उनीबाट सन् १९७९ देखि १९८७ सम्ममा पाँच बच्चा जन्मिए। उनीसँग सन् १९९४ मा बिहे गरे तर १९९६ मा सार्वजनिक रुपमै उनलाई त्यागे र यूकेमा पढिरहेका आफ्ना चार छोरा पनि त्यागे।

सन् २००१ मा उनले तेश्री श्रीमती श्रीरस्मीसँग बिहे गरे। सन् २००५ मा राजकुमार दिपाङ्कनको जन्म भयो। तर सन् २०१४ मा श्रीरश्मीका सबै राजकीय पदवीहरू खोसियो।

उनका बाबुआमा सहित नौजना नातेदारलाई राजपरिवारको आलोचना गरेको र युवराजसँगको सम्बन्धको दुरूपयोग गरेको आरोपमा गिरफ्तार गरियो। उक्त परिवारसँग जोडिएका एकजना प्रहरी अधिकारीको थुनाभित्रै झ्यालबाट खसेर निधन भयो।

युवराजको नामको दुरूपयोग गरेको आरोप युवराजसँग नजिक रहेका अरूमाथि पनि लगाइयो। एकजना प्रख्यात भविष्यवक्ता र अर्का प्रहरी अधिकारीलाई सन् २०१५ मा गिरफ्तार गरियो र तिनको पनि थुनामै रहँदा निधन भयो।

त्यसैबेला युवराजका व्यक्तिगत अङ्गरक्षकलाई पनि राजकीय आदेश अवज्ञा गरेको र आफ्नो फाइदाका लागि काम गरेको भनेर पदमुक्त गरियो। उनी पनि वेपत्ता भए, उनको पनि मृत्यु भएको ठानिएको छ। वर्षौंसम्म उनी थाई एअरवेजकी विमान परिचारिका सुटिडासँग देखिन्थे जसलाई पछि रोयल हाउसहोल्ड गार्डकी अधिकारी बनाइयो र लेफ्टिनेन्ट जनरलको पदवी दिइएको छ।

उनले आफ्नो घरको कुकुर फु-फुलाई एअर चिफ मार्शल बनाएका छन्। मे २०१९ मा राज्याभिषेकको केही अगाडि उनले सुटिडासँग बिहे गरेका छन्। दरबारले उनी महारानी बन्ने जनाएको छ।

योग्यता
कडा कानुनका कारण थाईल्यान्डमा उनको राजा बन्ने योग्यताबारे खुला छलफल हुन सकेको छैन्। तर भित्रभित्र उनकी दिदी सिरिनतुनलाई राजगद्दी दिने सम्भावनाबारे कुराकानी हुने गरेको थियो। सन् १९७८ मा महिला पनि राजगद्दीको उत्तराधिकारी बन्न सक्ने व्यवस्था गरिएकाले पनि कैयौंलाई त्यो सम्भावनाबारे कुराकानी गर्ने बाटो खुलेको हो।

तर कानून अनुसार त्यो पुरूष उत्तराधिकारी नभएको खण्डमा मात्र सम्भव छ र राजा पूमिपोनले उनका छोराको विकल्पमा अरू कोही भन्ने कुरालाई कहिल्यै समर्थन गरेनन्। राजा पूमिपोनको स्वास्थ खस्कँदै गएपछि युवराज वाचिरालङ्कन सार्वजनिक रुपमा आफ्ना बाबुले गर्ने राजकीय जिम्मेदारी निर्वाहमा पनि देखिन थाले।

विगतमा उनी र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावातबीच व्यापारिक सम्बन्ध रहेको गाइँगुइँ चल्ने गर्थ्यो। उनको पार्टीले सन् २००१ पछिको हरेक निर्वाचन जितेको थियो र परम्परावादी राजतन्त्रवादी सम्भ्रान्तहरूले उनलाई खतराको रुपमा हेर्ने गर्थे। थाक्सिनकी बहिनी यिङलकलाई हटाइएको सन् २०१४ को कू पछि नयाँ सैन्य शासकले युवराजसँग काम गरेको देखियो जसले उनको उत्तराधिकार सुनिश्चित गर्‍यो। उनका छोरीहरू सहित सामूहिक साइकल यात्रामा राजा वाचिरालङ्कन देखिन थाले जसले भावी राजाको अनौपचारिक छवि मुखरित हुन थाल्यो।

असीमित शक्ति

तर वाचिरालङ्कन कस्ता राजा बन्लान भन्ने अनुमान गर्न कठिन छ। संवैधानिक राजतन्त्र भएपनि उनीसँग निकै शक्ति छ, उदाहरणका लागि थाईल्यान्डमा कसैले राजतन्त्र अस्वीकार गर्नु असम्भव छ। थाईल्यान्डको सबभन्दा धनी निकाय क्राउन प्रोपर्टी ब्यूरोमा उनको निर्णायक अधिकार छ। जसको सम्पत्ति ३०-४० अर्ब डलर रहेको मानिन्छ।

यसबाट दरबारलाई वार्षिक ३० करोड डलर कर तिर्न नपर्ने आम्दानी प्राप्त हुन्छ। र, उनको व्यक्तिगत ५००० सदस्यीय शाही सैन्य टुकडी पनि छ। तर ७० वर्ष राज्य चलाउँदा उनका बाबुले कमाएको प्रतिष्ठा उनीसँग हुनेछैन। थाई राजतन्त्रका विज्ञहरू भन्छन्, प्रतिष्ठा पुस्तैनी सम्पत्ति झैँ हस्तान्तरण हुँदैन।

६६ वर्ष पुगेका वाचिरालङ्कनसँग राजतन्त्रको प्रतिष्ठा बढाउन आफ्ना बाबुको जति समय नहोला। तर राजतन्त्र वरिपरि घुमिरहने जटिल शक्ति पर्यवेक्षण गर्न र सिक्न उनीसँग वर्षौको समय छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

विश्व सम्बन्धि थप

  • खानीभित्र फसेका ११ जनाको सकुशल उद्धारखानीभित्र फसेका ११ जनाको सकुशल उद्धार
  • चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारीचीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
  • भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशतभारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत
  • कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगितकोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    देवर–भाउजूको मृत्यु

    देवर–भाउजूको मृत्यु

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

    अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    आम निर्वाचन समाचार ः तयारीमा जुटे निर्वाचन कार्यालयहरु

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

    देवर–भाउजूको मृत्यु

    देवर–भाउजूको मृत्यु

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...  विस्तृतमा

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑