काठमाडौँ : नेपाल र ओमानबिच श्रम समझदारीको मस्यौदामा सहमति भएको छ। बिहीबार र शुक्रवार काठमाडौँमा सम्पन्न दुई देशको उच्चस्तरीय श्रम अधिकारीहरू बिचको बैठकले सम्झौताको मस्यौदामा सहमति भएको हो। योसँगै नेपाल र ओमानबिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ। सरकार सरकार बिचमा हुन लागेकाले अब ओमान जाने नेपालीहरूको सुरक्षा हुने तथा कमाई तथा राम्रो हुने कुराको पनि अपेक्षा गर्न सकिने भएको छ। साथै नेपालबाट ओमान जाने लागत पनि नलाग्ने व्यवस्था हुने भएको छ।
के कस्ता कुरा छन् समझदारीमा?
नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले व्यहोर्ने
कार्यस्थलको सुरक्षा
स्वास्थ्य बिमा र कार्यक्षेत्रमा हुने दुर्घटनाको बिमाबापतको रकमसमेत रोजगारदाताले नै व्यहोर्ने
न्यायमा सहज पहुँच
कानुनी परामर्शका लागि नेपाली श्रमिकले कुनै शुल्क व्यहोर्नु नपर्ने
श्रमिकले राहदानी आफ्नै साथमा राख्न पाउने
श्रमिकलाई समान व्यवहार गर्नुपर्ने
नियमित तलब भुक्तानी गर्नुपर्ने
कुनै पनि दबाब दिई काम गराउनु नपाइने
सस्तो लागतमा र सहज तरिकाले घरमा पैसा पठाउने व्यवस्था गर्नुपर्ने
कहिले हुन्छ समझदारीमा हस्ताक्षर?
दुवै देशको मन्त्रिपरिषद्को बैठकले मस्यौदालाई स्वीकृत गरेपछि समझदारीमा हस्ताक्षर हुने मिति र स्थान टुङ्गो लाग्नेछ।
वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस