hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 07, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / साहित्य

‘वरिपरि नै सर्वोपरि’ छिट्टै आउने

२६ बैशाख २०७६, बिहीबार १५:१५ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ८ मिनेट
hotpati admin

काठमाडौं-केहि वर्षयता आफ्ना पुस्तकहरु मार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका छन् । पब्लिकेशन्स नेपालयबाट छिट्टै सार्वजनिक हुन लागेको प्रसाईको आगामी पुस्तकको नाम हुनेछ, ‘वरिपरि नै सर्वोपरि’ ।

संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन्स मार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइवटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ दिइसकेका छन् ।

प्रसाई अमेरिकामा स्वास्थ्य सम्वन्धि विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् । उनले दुई दशक भन्दा बढि समयदेखी जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन् । प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन् ।

यसअघिको पुस्तकहरुमा खानपान र स्वस्थ्य जीवनशैली सिकाउने प्रसाईले अबको पुस्तकमा भने पाठकहरुलाई हामी र हाम्रा वरपरको प्रकृतिबारे वर्णन गर्नेछन् । उनको मन्त्र हुनेछ –

जोगाएर राखौँ

हावामा अक्सिजन

जमिनमाथि वनस्पति

जमिनमुनि पानी

किनकि

यिनैमा टिकेको हुन्छ

हामी सबैको जिन्दगानी

पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शिर्षक र उपशिर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् ।

हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरु छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरु पुस्तकमा गरिएका छन् । यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन् ।

पहिले प्रकाशित उनका दुइ पुस्तकमा झैं विज्ञानले सिकाएका गहन कुराहरुलाई प्रसाइले अत्यन्तै सरल भाषामा बयान गरिदिएर यो पुस्तक सबै किसिमका पाठकको निम्ति संग्रहणीय बनाइदिएका छन् । हाम्रो शरिरलाई आवश्यक पोषक तत्वको बयान गर्दै उनले हाम्रै वरपरका तरुल, तामा, गुन्द्रुक, मस्यौरा, साग र सिस्नु लगायत को वर्णन पुस्तकमा गरेका छन् ।

गुन्द्रुक जस्ता खानेकुराको बयान गर्दै उनी भन्छन्, ‘फर्मेन्टेसनबाट खानेकुरा लामो समयसम्म खान योग्य हुने अनि स्वाद र पोषक तत्वहरू पनि थपिने भएकाले यस्ता खानेकुरा प्राचीनकाल देखि लोकप्रिय भएका हुन् ।’

भुमण्डलीकरणले केहि बेफाइदाहरु पनि दिएको सन्दर्भ निकाल्दै उनले बहुराष्ट्रिय खानपानको प्रचलनसँगै स्थानीय भोजन र प्रविधिहरु हराउँदै गएकामा चिन्ता पनि प्रकट गरेका छन् । सूर्यमुखी र मकैका तेलको बढ्दो खपतसँगै हाम्रा सिलाम र च्युरीका तेलहरु हराएका सन्दर्भ पनि उल्लेख गरिएको छ ।

प्रकृतिले हामीलाई दिएको अक्सिजनकै कुराकानी गर्दा उनी यो कसरी उत्पादन हुन्छ भन्ने देखि लिएर कस्तो किसिमको पानीमा कति मात्रामा अक्सिजन पाइन्छ जस्तो जानकारी पनि उनले उल्लेख गरेका छन् । पृथ्वीले पाइरहेको कुल अक्सिजन मध्ये दुइ तिहाइभन्दा बढी सुक्ष्म जीवहरुले उत्पादन गरिरहेको उनी बताउँछन् ।

यसैका आधारमा उनी भन्छन्, ‘यो जगत् विशाल आकार भएकाहरूबाट होइन, ससानाबाट नियन्त्रित छ ।’

प्रसाईले आफ्नो अनुसन्धानबाट फेला पारेका कुराहरु पनि पुस्तकमा उल्लेख गरेका छन् । जस्तो कि शरिरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउने फाइटोकेमिकल र पोलिफेनोल हाम्रो शरिरले कहाँबाट कसरी प्राप्त गर्छ देखि लिएर त्यस्तो गुणकारी तत्व कतिवटा बनस्पतिमा पाइन्छ भन्ने कुरा समेत उनले पुस्तकमा उल्लेख गरेका छन् ।

मानवीय गल्तीले गर्दा दही र तोफुजस्ता लाभकारी खाद्यपदार्थहरु कहिले र कसरी उत्पादन हुनपुगेको थियो भन्ने रोचक जानकारीहरु पनि पुस्तकमा छन् ।

‘मेरा अघिल्ला पुस्तकहरु जीवनशैली र खानपिनमा मात्र केन्द्रित थियो,’ लेखक प्रसाई भन्छन्, ‘यसपटक भने हामी जस्तो वातावरणले घेरिन्छौं त्यस्तै हुन्छौं भन्ने व्यापक अर्थमा मानव जीवनलाई जोड्ने कोशिश गरेको छु ।’

‘बदलिँदो समयसँगै हाम्रो खानपान र जीवनशैलीमा आइरहेको परिवर्तन र त्यसका सकारात्मक नकारात्मक पक्षहरु केलाइएका पुस्तकलाई पाठकहरुले औधी मनपराएको पायौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘प्रसाइको पुस्तक निम्ति पाठक माँग सँगै यो तेश्रो कृति जेठको पहिलो साता सार्वजनिक गर्ने भएका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

साहित्य सम्बन्धि थप

  • झर्रोवादी साहित्यकार रेग्मी पुरस्कृतझर्रोवादी साहित्यकार रेग्मी पुरस्कृत
  • ‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक
  • सीको नेपाल यात्रा -सचित्र पुस्तकमासीको नेपाल यात्रा -सचित्र पुस्तकमा
  • राष्ट्रिय कविता महोत्सव मङ्सिरमाराष्ट्रिय कविता महोत्सव मङ्सिरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

    उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

    गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

    कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

    प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

    प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    राष्ट्रपतिबाट खातुनलाई बधाई

    राष्ट्रपतिबाट खातुनलाई बधाई

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    सन्फ्रान्सिस्को  -  विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ...  विस्तृतमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑