काठमाडौँ : सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँलाइ कर्मथलो बनाउदै आएका उदयमान नब मोडल तथा गायक दिपेन्द्र सोनाम अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् । सानै उमेर देखि गित संगीत तथा मोडलिङमा रुचि राख्ने दिपेन्द्र सुमधुर आवाजका धनि छन् भने सुगठित शरीर, चक्लेटि अनुहार, आकर्षक व्यक्तित्वका भएका हसिलो मिजासिलो स्वभाबका मिलनसार व्यक्तित्व छन् ।
सांगीतिक तथा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, संगीत, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन् ।
पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छ्न् भने कोहि क्षणीक अबधि पछि यो क्षेत्र बाट हराईरहेका छन् l
मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो l वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । त्यसैले त सम्भाबना बोकेका ह्यान्डसम नब मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडी बढेका छन् ।
यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेका हुन नब मोडल गायक दिपेन्द्र सोनाम । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गित समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् । देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा ब्यबसायी समेत हुन् ।
उनी भन्छन – मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताउछन ।
राम्रो अबसरको खोजीमा रहेका दिपेन्द्र म्युजिक भिडियो, एड तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा छन् भने यहि क्षेत्रलाइ करियर बनाएर अगाढी बढ्ने लक्ष्य लिएका छन् । हाम्रो तर्फ बाट पनि उनलाई हार्दिक सफलताको शुभकामना ।
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस