काठमाडौँ – सभामुख कृष्णबहादुर महराले मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सांसद तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका असंसदीय भाषा रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कुण्ठा युक्त र निम्सरा प्रश्नको जवाफ दिन्न भनेपछि संसदमा विवाद भएको थियो ।
प्रधानमन्त्रीको अभिव्यक्ति असंसदीय भएको भन्दै कांग्रेसले होहल्ला गर्दै अवरोध गरे पनि सभामुख महराले नीति तथा कार्यक्रम पारित गराएका थिए । प्रश्न सोध्ने क्रममा कांग्रेसका सांसदहरुले समेत असंसदीय भाषा प्रयोग गरेका थिए ।
शुक्रबार संसद बैठक सुरु हुने वित्तिकै सभामुख महराले नीति तथा कार्यक्रम पारित भएको दिन वैशाख २४ गते प्रयोग भएका सबै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् ।
‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गदर्छु’, सभामुख महराले भने ।
अवरोधका बीच पनि संसद चलाएको र प्रधानमन्त्री तथा सांसदलाई नियन्त्रणमा राख्न नसकेको भन्दै सभामुख महराको चौतर्फी आलोचना भएपछि उनले शुक्रबार सुरुमै आफ्नो गल्ती सच्याएका हुन् ।
यस्तै अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्ताव छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । प्रस्तावमाथि वैशाख २९ र ३० गते छलफल हुँदैछ ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस