काठमाडौं : राजधानी काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ठुलो संख्यामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ। सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका प्रमुख फेरिने बित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो । परिसरमा एसएपी उत्तमकुमार सुवेदीले प्रमुखको जिम्मेवारी सम्हालेको साता पनि भएको छैन ।
परिसरका अनुसार सोमबार मध्यराति निस्किएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिलासहित १ सय ५१ जनालाई पक्राउ गरेको हो। समाजमा विकृति फैलने गरी यौनजन्य क्रियाकलाप भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरीका अनुसार गोंगबु, रत्नपार्क र रणोदीप चोक लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले यसअघि पकेटमार नियन्त्रण अभियान चलाएर ४ सय भन्दा धेरैलाई पक्राउ गरेको थियो।
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस