काठमाडौं– जेठ ११ गते काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको जिनियर म्युजिक अवार्ड–२०७५ को मनोनयनमा पर्न सफल संगीतकर्मी तथा स्रष्टाहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ ।
संगीतकर्मी प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संगीतकार राजु सिंह, गीतकार पुरु लम्साल, गायक रमेश पाठकसहितले मनोनित संगीतकर्मीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
२०७५ साल वैशाख १ गतेदेखि चैत मशान्त भित्रमा सार्वजनिक भएको गीत–संगीत तथा तीनका स्रष्टाहरुलाई विभिन्न विभिन्न ४८ विधामा जिनियस म्युजिक अवार्ड–२०७५ प्रदान गरिंदैछ ।
जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक ‘जिनियस म्युजिक एवार्ड–२०७५’ आयोजना गर्न लागेको हो ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने एउटा विशेष सांगीतिक समारोहमा विभिन्न ४८ विधाका उत्कृष्ट संगीतकर्मी तथा स्रष्टाहरुलाई उक्त एवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।
अवार्डका लागि उत्कृष्ट राष्ट्रिय भावनाको गीत, चलचित्र (गीतकार, गायक, गायिका, संगीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो (महिला तथा पुरुष मोडल, छायांकार, सम्पादक, निर्देशक), संगीत संयोजक, ध्वनी मुद्रक आदि गरि विभिन्न ४८ विधामा अवार्ड वितरण गरिने छ ।
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस