काठमाडौँ : मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले हिजो शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको हो ।
अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण गराएका थिए ।
अल्का अस्पतालका स्त्री रोग विशेषज्ञ डा. गौरी शंकर यादव, प्रसुतिगृहका डा. जितेन्द्र सिंह र अल्काकी एञ्जिला मालाकारले नुवाकोटको दुर्गम ठाउँमा आएर सेव प्रदान गर्ने अवसर जुटेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । स्वास्थ्य परिक्षणमा विरामीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले निःशुल्क शिविर अयोजना कार्यक्रममा साथ सहयोग पुर्याउने सबैलाई धन्यावाद दिदै आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन । उनले नेपालमा २०७२ सालमा गएको विनासकारी भुकम्पमा आहत भएकाहरुलाई तत्काल राहत पुर्याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले समय समयमा सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरु तयारी गरिरहेको जनाकारी गराइन ।
वडा नं. ७ का वडाअध्यक्षले मिलापले आफ्नो ठाउँमा आएर निःशुल्क शिविर बाट यहाँका जनतालाई प्रत्यक्ष सहयोग पुर्याएकोमा धन्यवाद दिएका थिए । त्यस्तै बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि.का मुकुन्द घिमिरेले साथ सहयोगका लागि सबैलाई धन्यवाद दिएका थिए ।
शिविरमा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेल, महासचिव किरणप्रसाद अधिकारीले समाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा फाउण्डेसनका सचिव गोकर्ण लामिछाने, सदस्यहरु सारिका घिमिरे, प्रल्लाहद केसी, योगेश काजीको सक्रिय सहभागिता रहेको थियो ।
मिलाप फाउण्डेशनले गत चैत्र ८ गते नुवाकोट जिल्लाकै विदुर-३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस