काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो । यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला परेको थापाले बताइन । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ ।
‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् । हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु, उनले भनिन् । ‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याईने जानकारी निर्देशक थापाले बताइन ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस