hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 20, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

जिनियस म्युजिक अवार्ड–२०७५ सम्पन्न

१४ जेष्ठ २०७६, मंगलवार ११:०७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
hotpati admin

काठमाडौं– नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको छ ।

समारोहमा ‘जननी जन्मभूमी…’ गीतबाट गायक रमेश दाहालले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए ।

चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको ‘रहर छ संगै…’ गीतबाट सवोत्कृष्ट गायकको अवार्ड जिते भने यही गीतबाट गायिका अञ्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा…’ गीतका लागि शम्भूजीत बासकोटा पाए भने सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी…’ गीतका लागि बि.पाण्डेले पाए । चलचित्र ‘चौका दाउ’ को ‘राधा पियारी…’ गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते । उनले चलचित्र ए मेरो हजुर–३ को ‘जिन्दगी नै भन्दिन..’ गीतबाट यो सफलता पाएका हुन् ।

चन्द्र सिंह घले (सहारा बनी) तथा करुणा सिम्खडा (दिलको राजा) ले सर्वोत्कृष्ट पप नव गायक–गायिकाको अवार्ड पाएको उक्त समारोहमा रोशन भट्टराईले ‘मायालु तिमी’ गीतबाट सर्वोत्कृष्ट गीतकार (पप) को अवार्ड जिते ।

पपतर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले शब्द…गीतबाट जिते भने मस्त जवानी…गीतबाट राजेन्द्र बजगाईंले यही विधाको जुरी अवार्ड पाए । गायिका निशा कँडेलले ‘सधैंलाई…’ गीतबाट सवोत्कृष्ट पप गायिकाको अवार्ड जितिन् भने कमल खत्रीले जाउँला रेलैमा…गीतबाट सर्वोत्कृष्ट पप गायकको अवार्ड हात पारे । लोकपप विधामा छाता बोकी गीतबाट भूपु पाण्डेले सर्वोत्कृष्ट गायकको अवार्ड जिते ।

राजकुमार श्रेष्ठले ‘निष्ठुरी भनुँ…’ गीतबाट पप तथा आधुनिक विधाको नव गीतकारको अवार्ड जिते भने डा.डिआर उपाध्यायले लट्ठै लट्ठै गीतबाट आधुनिक तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारे । यही विधामा दुर्गा प्रधानले रात पनि गीतबाट महिला गीतकारको अवार्ड पाइन् ।

सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड संगीतकार मोहित मुनालले पाए । उनले ‘पीच रोड…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा नरेन्द्र बियोगीले पिरिम नलाउने…बाट जुरी अवार्ड हात पारे ।

आधुनिक संगीतर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले जिते । उनले ‘जितेर पनि…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा बिनोद पछाईं (तिम्रा हजार) ले जुरी अवार्ड पाए ।

गायक आशिष सचिन तथा गायिका मेलिना राईले ‘पिरिम नलाउने…’ गीतबाट सर्वोत्कृष्ट यूगल गीतको अवार्ड जित्न सफल भए ।

लोक तथा दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘ढल्क्यो बर…’ बाट रामजी खाँडले जिते भने ‘भाग्यमानी…’ गीतबाट देवी घर्तीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् ।

‘हत्ते हालिन्छ…’ गीतबाट लोमस शर्माले नव मोडलको अवार्ड जिते भने कपिल लामाले ‘बलिदान…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते ।

‘मकैसिंह डाँडा…’ गीतबाट सुजन परियारले सर्वोत्कृष्ट नव गायकको अवार्ड जिते भने ‘आउनु माया…’ गीतबाट मेनुका सोनीले सर्वोत्कृष्ट नव गायिकाको अवार्ड जितिन् ।

चन्द्र खत्रीले सुन कथाबाट सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड पाए भने शिव हमालले लालुमाई गीतबाट सर्वोत्कृष्ट लय संकलकको अवार्ड जिते । मलाई देखेर गीतबाट कृष्ण बिक भान्जाले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते भने बितेका पल गीतबाट निशान बानियाँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जिते ।

दलित शीर्षकको गीतबाट दिपक विष्टले सर्वोत्कृष्ट सम्पादकको अवार्ड जिते भने बोल माया गीतबाट करण चैसिरले सर्वोत्कृष्ट छायांकारको अवार्ड हाल पारे । हिजोसम्म गीतबाट बलबहादुर राजवंशीले आधुनिकतर्फ सर्वोत्कृष्ट नव गायकको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड बोली मोहनीबाट गडुल ध्वज गुरुङ (जिमी) ले जिते । महिला मोडलको अवार्ड बलिदान गीतबाट सारिका केसीले जितिन् भने सलल पानी गीतबाट दुर्गेश थापाले पुरुष मोडलको अवार्ड जिते ।

गायक शिव परियारले ‘तिमी नै मेरो सास…’ गीतबाट आधुनिकतर्फको सर्वोत्कृष्ट गायकका अवार्ड जिते भने यही विधामा अटालिका गीतबाट गायक भानुभक्त ढकालले जुरी अवार्ड पाए ।

‘तिम्रा हजार…’ गीतबाट महेश्वरमान राजभण्डारीले सर्वोत्कृष्ट ध्वनी मुद्रणको अवार्ड जिते भने प्रकाश केसीले प्याप्या झ्यामबाट यही विधाको जुरी अवार्ड जिते ।

अभिनेत्री आँचल शर्मा तथा अभिनेता पल शाहले पप तथा आधुनकि विधातर्फ ‘जे पनि हुन’ गीतबाट सर्वोत्कृष्ट महिला तथा पुरुष मोडलको अवार्ड जित्न सफल भए ।

टीका बम्जनले फनफनी घुमेको गीतबाट तामाङ सेलोतर्फको सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने मिङ्स लामाले डम्फुमा सेलो गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् ।

मौलिक तीज गीततर्फ मञ्जु थापा र प्राश्ना शाक्यले तीजको रहर गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भए ।

समारोहमा प्रिन्स सिलवाल र नन्दिताराज वैद्यले क्रमशः न मानामा नापिन्छ तथा यो धर्ती गीतबाट सर्वोत्कृष्ट बाल गायक/गायिकाको अवार्ड जिते ।

पप तथा आधुनिक विधातर्फ सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड शिव पौडेलले तिम्रो जोवन गीतबाट जित्न सफल भए भने यही विधातर्फ सर्वोत्कृष्ट छायांकारको अवार्ड ‘मन मगन…’ गीतका लागि अनिल के मानन्धरले जिते ।

निकेश खड्काले ‘गल्ती…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए ।

पवन सुस्लिङले ‘हेरी रहुँ…’गीतबाट सर्वोत्कष्ट सम्पादनको अवार्ड जिते भने कमल सिंहले ‘किन लाग्छ…’ गीतबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड जित्न सफल भए ।

समारोहमा एसियन म्युजिकले सर्वोत्कृष्ट म्युजिक कम्पनिको अवार्ड जित्यो भने ‘सालको पात टपरी…’ गीतले पब्लिक च्वाइस अवार्ड जित्न सफल भयो ।

काठमाडौंमा आयोजित एक समारोहमा नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउने संगीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशी सहित जिनियस दीर्घ साधन सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ ।

समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रंग पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहदै नेपाली गीत, संगीत तथा कला क्षेत्रको संरक्षणका लागि योगदान पुर्याए वापत नगद १० हजार रुपैयाँसहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो ।

त्यसक्रममा कोरियोग्राफर तथा नृत्य निर्देशक शिव बिकलाई विशेष सम्मान अर्पण गरियो भने तथा गायक अमन प्रदानलाई पनि प्रतिभा सम्मान अर्पण गरियो ।

समारोहमा शिव परियार, कमल खत्रीसहितका संगीतकर्मीहरुले गीत संगीत प्रस्तुत गरेका थिए भने बिनु शाक्यसहित जिनियस म्युजिक स्कूलका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरुभैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु
  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा
  • सुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिकसुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा...  विस्तृतमा

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑