काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप रु दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो । सुरक्षालाई मध्यनजर गर्दै कामपाले गत फागुन १५ गते रु तीन करोड उपलब्ध गराइसकेको छ ।
महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो ।
महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए ।
सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रण, वैज्ञानिक रुपमा प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास कामपाको रहेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस