काठमाडौं : हिरासतमा रहेका एक युवालाई भेट्न गएका उनका साथीहरू उल्टै पक्राउ परेका छन्। कारण हो- लागु लागु औषध मुद्दामा हिरासतमा रहेका साथीलाई लगेको उपहार। प्रहरी हिरासतमा रहेका साथी भेट्न गएका उनीहरूले उपहार बापत लागुऔषध नै लगेका थिए।
लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई दिन लागुऔषध ल्याएको थाहा भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
कालिकोटका नवीन शाहीलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा ललितपुर ईमाडोल बस्ने पुजन बम ठकुरी र झापा दमकका धर्मेन्द्र लिम्बु सोमबार भेट्न पुगेका थिए।
नवीनलाई दिन भनि लगेको दुई वटा चाउचाउको पोकाभित्र उनीहरूले चलाखी गरी लागुऔषध लुकाएर लगेका प्रहरीले जनाएको छ। लागुऔषध लुकाउन पुजन र धर्मेन्द्रले चाउचाउको पोका फोरेर लागुऔषध लुकाएर फेरि सुपर ग्लुले टालेका थिए।
प्रहरीले शंका लागेर खोलेर हेर्दा १५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला परेको थियो।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीको आँखा छल्न चाउचाउको पोका भित्र लागुऔषध पठाएको पाइएपछि पूजन र धर्मेन्द्रलाई पक्राउ गरिएको हो। उनीहरू विरुद्ध महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।
म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस