काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको गाङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको जनाएको छ।
उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रूपमा लिएको बताए।
‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए।
‘कोरिया सही नीति, सही दृष्टिकोण र दृढ संकल्पबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि पर्यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ।’
वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस