काठमाडौं – इङ्लिस क्लब लिभरपुलले यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमेको छ । शनिबार राति भएको फाइनलमा अर्काे इङ्लिस टोली टोटनह्यामलाई २–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।
स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटिन रंगशालामा भएको खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत दोस्रो मिनेटमै अग्रता बनाएको थियो ।
खेल सुरु भएको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर सिसाकोले ह्यान्ड बल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसलाई मोहम सलाहले गोलमा परिणत गरी टोलीलाई अग्रता दिलाए ।
अधिकाश समय बल आफ्नो कब्जामा लिइ टोटनह्यामले निरन्तर दबाब सिर्जना गरे पनि गोल गर्न सकेन । ८७ औं मिनेटमा वरिजीले गोल गरी लिभरपुलको जित निश्चित बनाइदिए ।
सेमिफाइनलमा लिभरपुल स्पनिस क्लब बार्सिलोनालाई पराजित गरी फाइनल पुगेको हो। टोटनह्यामले डच टोली आजाक्समाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।
गत सिजनको उप विजेता लिभुपरलले यससँगै च्याम्पियन्स लिगको ६ टाइटल जितेको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस क्लब रियल मड्रिड हो । उसले १३ सिजनको उपाधि जितेको छ ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस