समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन् ।
उपेन्द्र यादव निकट स्रोतका अनुसार अबको केही दिनमै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने भएको छ । उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई पार्टीभित्रबाट सरकार छाड्ने दबाब छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँगको एकतापछि उक्त पार्टीले सरकार छाड्नसक्ने संकेत देखिएको थियो । बाबुराम र उपेन्द्रबीचको एकतालाई नेपाली राजनीतिमा तेस्रो शक्तिको बलियो उपस्थितिको तयारीका रुपमा समेत हेरिएको छ ।
पालना नभएको सम्झौता
समाजवादी पार्टी नेपालले विगत देखि नै संविधान संशोधन गरी मधेशी, जनजातिलगायत सीमान्तकृत समुदायको माग सम्बोधन हुने व्यवस्था गर्नुपर्नेमा जोड दिदै आएको छ । उसले सरकारमा सहभागी हुँदा नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गरेको थियो । सम्झौता अनुसार संविधान संशोधनको विषय समेत छ ।
कोलम्बो - श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस