काठमाडौँ-पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुपतिनाथको सम्पत्ति विवरण सार्वजनिक भएको यो पहिलो पटक हो । मूल ढुकुटीको विवरण भने बाहिर ल्याइएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ |
पशुपति क्षेत्र विकास कोषबाट दुई वर्षअघि गठित गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चलअचल सम्पत्ति अध्ययन गरेको थियो । अचल सम्पत्ति मूल ढुकुटी र बम्बे ढुकुटीमा छ ।
बम्बे ढुकुटीमा २०१९ देखि २०७५ सालसम्मको अभिलेख पाइएको समितिका संयोजक तथा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको भण्डार तहबिलको तथ्यांकअनुसार बम्बे ढुकुटीमा ९ किलो सुन छ । चाँदी ३ सय १६ किलो २३२ ग्राम छ । त्यो मूल ढुकुटीमा दखिला गरिएको थापाले जानकारी दिए ।
‘२०१९ सालभन्दा अगाडिको मुचुल्का प्राप्त हुन सकेन,’ थापाले भने । बम्बे ढुकुटी पशुपतिको भान्सामा छ । मूल ढुकुटी मन्दिरको माथिल्लो तलामा छ । सुनचाँदी, हीरा, मोतीलगायत बहुमूल्य गहना मूल ढुकुटीमा दाखिला हुन्छ । बम्बे ढुकुटीमा भाँडावर्तन लगायत सम्पत्ति जम्मा हुन्छन् । यहाँको भाँडावर्तनको छुट्टै मुचुल्का तयार गरिने थापाले जानकारी दिए ।
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस