काठमाडौं-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शेयर बजारलाई उत्तेजित नगराउने तथा गिराउने प्रवृत्ति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ आौँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयर बजारलाई नै प्रभावित पार्ने गरी हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिएका हुन् । मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उनले बैकिङ प्रणालीलगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजारमा देखिने भएकाले उत्तेजित र गिराउने प्रवृत्ति रोक्नका लागि बोर्ड सधैँ चनाखो हुनुपर्नेमा जोड दिए ।
मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैंक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गरे । बैकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क गरे ।
कमोडिटी मार्केटलाई अझै पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औँल्याए ।
लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारद्धारा नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भूमिका प्रभावकारी बन्न नसकेको गुनासो हुदै आएको छ ।
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस