काठमाडौं-एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता शुक्रबार राति सम्पन्न इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेलमा इंग्ल्यान्ड विजयी बनेको छ ।
वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले शानदार जित निकालेको हो ।
२ सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट गुमाउँदै ओपनर ब्याट्समेन जो रुटको शानदार शतकसँगैतेस्रो जित निकालेको हो ।
आफ्नो वान डे करियरको १६ औं शतक भने यस विश्वकपमा दोस्रो शतकका लागि रुटले ९४ बलको सहारा लिएका थिए । उनी ११ चौका सहित १ सय रन बनाउँदै अविजित रहे । बेन स्टोक्स १० रनमा पनि नट आउट रहे । अर्का ओपनर जोनी बेयरस्टो ४५ रनमा आउट भए ।
क्रिस वोक्स र जो रुटले १ सय ४ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले मात्रै २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ पाएको वेस्ट इन्डिजले ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रन जोडेको थियो । निकोलस पुरनको सर्वाधिक ६३ रन बनाएका थिए ।
ओपनर इभिन लुईसलाई २ रन, अर्का ओपनर क्रिस गेल ३६, शाई होप ११ रनमा आउट भए । फितलो प्रदर्शनी देखिएको वेस्ट इन्डिज ८ विकेटले पराजित भयो ।
इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, मार्क उडले पनि ३, जो रुटले २, लियाम प्लन्केट र क्रिस वोक्सले १(१ विकेट लिए । इंग्ल्यान्ड ४ खेलमा ३ जित निकाल्दै दोस्रो रहेको छ भने छैटौँ स्थानको इंग्ल्यान्ड पाँचौ खेल आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस