काठमाडौं-एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हराएको छ । योसँगै अष्ट्रेलिया अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
लन्डनस्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले श्रीलंकालाई ३ सय ३५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४५.५ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमै सिमित रहेपछि अष्ट्रेलियाले जित निकालेको हो ।
श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ९७ रन बनाए पनि अरु खेलाडीको फितलो पदर्शनका कारण हार व्यहोरेको हो ।
अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाउँन ओपनर एवं कप्तान आरोन फिन्चको उच्च योगदान रह्यो । उनले १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको शतक प्रहार गरेसँगै अष्ट्रेलियाले राम्रो पर्दशन गर्ने देखिएको थियो । उनी कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच हमउट भएका थिए ।
९७ बलमा शतक पुरा गरेका फिन्च यो विश्वकपमा शतक प्रहार गर्ने पहिलो कप्तान समेत हुन् । योसँगै अष्ट्रेलियाले शीर्ष स्थानमा पुगेको छ ।
५ खेलमा ४ मा जितका साथ ८ अंकमा शीर्ष स्थानमा उक्लिएको छ भने श्रीलंका ५ औँ स्थानमा छ । उस्को ४ अंक रहेको छ । न्युजिल्यान्ड, इंग्ल्यान्ड र भारत क्रमशं ७, ६ र ५ अंकसहित दोस्रो, तेस्रो र चौँथो स्थानमा छन् ।
पेरू - दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस