सोल-रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका नेपाली युवाहरुले यहाँको आधुनिक कृषि बिशेषज्ञद्वारा निशुल्क तालिम लिई रहेका छन् |
गैर नाफामुलक संस्था खाया ईन्टरनेशनलको आयोजना र सोल नगरपालिकाको प्रायोजनमा ईन्छनको मुइदो टापुमा रहेको अर्गानिक कृषि फार्ममा ५ हप्ते अर्गानिक कृषि तालिम संचालन गरिएको हो |
गत हप्तादेखि शुरु भएको यो तालिम यस कार्यक्रम सेप्तेम्बर १ तारिक समापन हुनेछ।
कोरियाबाट सिकेको सिपले स्वेश फर्केर आत्मनिर्भर बनाउने यस्ता तालिमको ठुलो भूमिका रहने तालिमको संयोजन गरिरहेका यम श्रेष्ठले बताए |
तालिममा नेपाल फर्केर कृषि सम्बन्धि केही काम गर्न तत्पर र इच्छुकहरुलाइ मध्यनजर गरेर यस तालिमको आयोजना गरिएको जनाइएको छ ।
यस संस्थाले बिगतमा पनि नेपाल लगाएत अन्य विभिन्न देशका बिदेशी कामदारहरुको लागि कृषि अवलोकन भ्रमण कार्यक्रम र प्रशिक्षणहरु दिदै आएको छ।
तालिम सम्बन्धी सुचना खुल्ला रूपमा सामाजिक संजाल मार्फत जानकारी गराएर सुरुमा सम्पर्कमा आउने इच्छुक ब्यक्तिहरुलाइ प्राथमिकता राखेर सहभागीहरु छनौट गरिएको हो।
नेपाल कृषी प्रधान देश भएको हुँदा यस तालिमले कोरियाको आधुनिक खेती प्रणाली, पद्धति र प्रबिधिहरु राम्रो संग बुझ्न र सिक्न सहयोग गर्ने आयोजक संस्थाले जनाएको छ |
किम्हे माइग्रेन्ट हाउसका संचालक यज्ञराज सुबेदिको पहल तथा सामाजिक अभियन्ता यम श्रेष्ठको संयोजनमा तालिम आयोजना भएको हो ।
तालिमको अवसरमा भाषा अनुबाद ज्ञान सागर भण्डारीले गरिरहेका छन् |
तालिम सकिएपछि सोल नगरपालिका र खाया संस्थाले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ |
बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी)... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस