असार ५। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना हुने ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’को सबै तयारी पूरा भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुपा इन्टरटेन्टमेन्ट प्रा.लि., धनगढीको सहआयोजनामा असार ६ र ७ गते आयोजना हुने उक्त महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाका साथै सात वटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताए ।
संयोजक प्राज्ञ राईका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्ने महोत्सवमा १४ वटा राष्ट्रिय तथा सामाजिक भावधाराका गीत प्रस्तुत हुनेछन् । स्थानीय विविध सांस्कृतिक झाँकीसहित आरम्भ हुने महोत्सवको पहिलो दिन साङ्गीतिक प्रस्तुति रहने छ भने दोस्रो दिन आधुनिक नेपाली गीत–सङ्गीतमा सुदूरपश्चिमको योगदान’ विषयमका सङ्गीत विमर्श हुनेछ । सङ्गीत अन्वेषक हेमन्त विवशले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्रतिष्ठानले सङ्गीत साधना प्रतिष्ठानसँगको सहकार्यमा वैशाख २७ र २८ गते प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बृहत् बहुभाषिक सङ्गीत उत्सव आयोजना गरिसकेको छ ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस