काठमाडौं – भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना हुने भएको छ । बलिक्लब गु्रपले बलिउड सोडाउन कम्पनी मार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो ।
शुक्रबार राजधानीमा एककार्यक्रमको आयोजना गर्दै सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगितामा १७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाही भएका नेपाली युवतीलेमात्र सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसन मार्फत २५ प्रतियोगी छानिनेछ । २० दिनको आन्तरिक ग्रुमिङ कक्षा लगायत बिभिन्न तालिम सहित प्रतियोगिलाई अन्तिमस्पर्धामा उतारिने आयोजकले बलिउड सोडाउन कम्पनीका निर्देशक ह्यानसन गौचनले बताए ।
मिस ग्राण्ड इन्टरनेसनलको नेपाल निर्देशक सुरेस तामाङ रहेका छन् । इप्लानेट प्राइभेट लिमिटेडले सम्पुर्ण इभेन्ट ब्यवस्थापन गर्ने प्रतियोगितामा सहभागीका लागि कुनै पनि शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका लागि आवेदन फाराम अनलाइन www.missgrandnepal.com मार्फत भर्न सकिनेछ । प्रतियोगिताका बिजेताले भेनेजुएलामा केही समयपछि आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै बिभिन्न उपहार समेत जित्न सक्ने इप्लानेट प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोस सापकोटाले बताए ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस