hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बिचार / विश्लेषण

कोरियाली राष्ट्रपति मुन पछि प्रधानमन्त्री ओलीलाई नेपाली मजदूरको मार्मिक पत्र

९ असार २०७६, सोमबार २१:२४ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

सम्माननीय प्रधानमन्त्रीज्यू,

नमस्कार!

म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छु । म जस्ता लाखौं युवा रोजगारीका लागि विदेश छन्।

चुनावमा जनताले नेकपालाई पूर्ण बहुमत दिए। दुई तिहाइ सरकार बन्यो। आमनागरिकमा उत्साह थियो, अब देशले काँचुली फेर्छ। केपी ओली राम्रो काम गर्ने नेता हुन् भन्ने धेरैलाई थियो।

आशा थियो, अब युवा विदेशिनु पर्दैन। चुनावअघि प्रधानमन्त्रीज्यूले ठूला सपना देखाउनुभएको जो थियो। म सपना देख्नु राम्रो नै मान्थे। शायद त्यही भएर ओलीको नेतृत्वमा स्थिर सरकार बन्यो भने देश बन्छ कि भन्ने लागेको थियो।

‘आफू घुस खान्नँ, अरुलाई पनि खान दिन्नँ’ भन्ने उक्तिबाट म तपाईंको फ्यान भएको थिएँ। चुनावपछि केही दिन म नेपाल फर्किएको थिएँ। जब विमानस्थल उत्रिएँ, विमानस्थलमा ओर्लिने स्वचालित भर्‍याङ भताभुंग देखेँ। त्यो दृश्य समाजिक सञ्जालमा पनि सेयर गरेँ।

नजिकै रहेका प्रहरी जवानलाई यो कहिलेदेखि यस्तो छ भनी सोधेँ । सुरुमा मलाई उल्टै थर्काए। पछि आफैंले भने, ‘धेरै समयदेखि यस्तै छ, अहिले पर्यटनमन्त्री फेरिएका छन्, अब बन्छ।’

नभन्दै, म फर्किने बेला बनिसकेको थियो। मलाई झन् विश्वास भयो, अब शायद अरु युवा विदेशिनु नपर्ला। दिन बित्दै गए। तर, धेरैले सम्झिएको ‘आफू पनि खान्नँ, अरुलाई पनि खान दिन्नँ’ भन्ने विचार सायद यहाँले बिर्सनुभयो।

प्रधानमन्त्रीज्यूले खानु भयो भनेको होइन। तर, अहिले भ्रष्टाचार विरोधमा उभिनेप्रति सरकारी दृष्टि सकारात्मक देखिन्नँ। सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि प्रहरी दमन भयो। इमानदार कर्मचारी प्रेम सन्जेलले भ्रष्टाचार गर्न दिन्न र घुस लिन्नभन्दा सरुवा गरियो।

राष्ट्रपतिज्यूको विलासी चाहनाले ठूलो विवाद निम्त्यायो। नीति तथा कार्यक्रम घोषणाका बेला उहाँ विवादमा मुछिनुभयो। धेरैले उहाँको बचाउमा यो अन्तर्राष्ट्रिय प्रचलनै हो भने। तर, अचम्म तब लाग्यो, जब प्रधानमन्त्रीज्यू स्वयंले भारतीय राष्ट्रपतिले ६२ पटक ‘मेरो सरकार’ भनेका छन् भन्नुभयो।

सामसङ कम्पनीका मालिक घुस दिएको अभियोगमा जेल गए। यो काण्ड उजागर गर्न सामसङ ग्रुपकै टिभिमा कार्यरत पत्रकारले भूमिका खेलेका थिए। हाम्रोमा पत्रकारले नराम्रा कामको विरोध गरे विपक्षीसँग मिलेको आरोप लाग्ने गर्छ।

नाकाबन्दीका बेला भारतको आलोचना गरेकाले धेरै नेपाली केपी ओलीका फ्यान भएका हुन्। त्यतिबेला राष्ट्रियताको मुद्दा जो थियो।

जहाँसम्म अन्तर्राष्ट्रिय प्रचलनको कुरो छ, त्यसमा ‘मेरो सरकार’मात्र किन, अरु राम्रा पक्ष पनि अनुसरण गर्ने कि?

म जुन देशमा छु त्यो भ्रष्टाचार शून्य छ भन्न खोजेको होइन। पूर्वन्यायाधीशदेखि पूर्वराष्ट्रपतिसम्म भ्रष्टाचारमा जेल चलान भएका छन्। तत्कालीन लोकप्रिय महिला राष्ट्रपतिलाई उनकै पार्टीका सांसदले महाअभियोग लगाएर जेल पठाए।

हाम्रोमा सामान्यतः सेवानिवृत्त भएपछि कारबाही हुँदैन।भ्रष्टाचारी आफ्नो पार्टीका भए, जसरी हुन्छ, उसलाई जोगाउन कोसिस हुन्छ। कसैले विरोध गरे आफूले खान नपाएर विरोध गरेको भनिन्छ, विपक्षीसित मिलेको आरोप लगाइन्छ। आफ्ना घरका जतिसुकै भ्रष्ट भए पनि साधु लाग्छ।
पछुतो तब हुन्छ, जब पार्टी कार्यकर्ताद्वारा भ्रष्टाचारको विरोध गर्नेमाथि सामाजिक सञ्जालमा अभद्र टीकाटिप्पणी, गालीगलौज गरिन्छ।

कोरियामा सामसङ कम्पनीका मालिक घुस दिएको अभियोगमा जेल गए। यो काण्ड उजागर गर्न सामसङ ग्रुपकै टिभिमा कार्यरत पत्रकारले भूमिका खेलेका थिए।

हाम्रोमा पत्रकारले नराम्रा कामको विरोध गरे विपक्षीसित मिलेको आरोप लाग्ने गर्छ। अथवा, दुई पैसामा बिक्ने पत्रकार भनेर टिप्पणी गरिन्छ। हुनसक्छ, केही पत्रकार त्यस्ता पनि होलान् तर सबैको इमानदारीमाथि प्रश्न गर्नु उचित नहोला कि प्रधानमन्त्रीज्यू?

हालै विपक्षी दलका एक नेताले कोरियाको फोन कम्पनीमा आफ्नी छोरीलाई जागिरका लागि सिफारिस गरेको खुलासा भएपछि उनीमाथि कडा कारबाहीको माग गरिएको छ।

कोरियामा छोरीलाई सहयोगी नियुक्त गरेपछि एक सांसदमाथि कारबाही भएको थियो। नेपालमा स्थानीय तहदेखि केन्द्रसम्मका धेरै नेताले आफन्तलाई सहयोगी राखेका छन्। प्रधानमन्त्रीज्यू स्वयंका पनि कतै नाताकै मान्छे सहयोगी छन् कि?

राज्यकोषबाट तलब खाने यस्ता कतिपय आसेपासेलाई तिनले के काम गर्ने समेत थाहा छैन। कतिपय सांसद, मन्त्रीज्यूले दोहरो सुविधाबापत रकम असुली राखेको तथ्य बाहिर आएका छन्। यतापट्टि प्रधानमन्त्रीज्यूको ध्यान नगएकै हो त?

कोरियामा हालै एक पूर्वनगरप्रमुखले जीवन गुजारा गर्न सार्वजनिक बस चालकको काम गरेको समाचार सार्वजनिक भएको थियो।
अमेरिकाका राष्ट्रपति रिटायर्ड भएपछि जागिर खान्छन्। हाम्रोजस्तो गरिब देशमा एक पटक सांसद या मन्त्री हुनासाथ राजधानीमा महल ठड्याउन, विलासी कार किन्न अनि छोराछोरीलाई विदेश पठाउन कसरी सक्छन्?

कोरियामा मासिक डेढ-दुई लाख रुपैयाँ बचत गर्दा पनि काठमाडौंमा सामान्य घर बनाउन पाँच वर्षमा मुस्किल पर्छ। मासिक ६०/७० हजार भत्ता बुझ्ने सांसद मन्त्रीलाई यो कसरी सम्भव छ, प्रधानमन्त्रीज्यू?

काठमाडौंमा घर हुने माननीयज्यूहरुले घरभाडाबापतको रकम राज्यबाट लिँदै आएको समाचार पढियो। त्यो पनि भ्रष्टाचार नै थियो । तर ‘म पनि खान्नँ, अरुलाई खान दिन्नँ’ भन्ने प्रधानमन्त्रीज्यूले यस्ता कार्यको खुलेर विरोधसम्म गर्नु भएन।

देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो। उक्त आयोगका प्रमुखले समेत राज्यबाट दोहोरो सुविधा लिएको सुन्नुभन्दा दुखद के हुन सक्छ? केहीअघि आयोगकै एक सदस्यले घुसलिएको स्थापित भएपछि राजीनामा दिएका थिए।

संविधानले स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्ति संवैधानिक निकायका पदाधिकारी बनून् भन्ने अपेक्षा गर्छ। तर यस्ता व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा रहिरहे यहाँको संकल्प के होला प्रधानमन्त्रीज्यू?

जनताले आस मारिसकेका छैनन्। अझै ओलीले गर्छन् कि भन्ने विश्वास मजस्ता धेरैलाई छ। आगामी दिनमा यो जनविश्वास काममा झल्किन्छ या यसलाई कुल्चिइन्छ, त्यो प्रधानमन्त्रीज्यूमा नै निर्भर गर्नेछ।

मधुसुदन ओझा
हाल-दक्षिण कोरिया

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बिचार / विश्लेषण सम्बन्धि थप

  • नरावणेको नेपाल भ्रमण र सैनिक कूटनीतिनरावणेको नेपाल भ्रमण र सैनिक कूटनीति
  • नेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्वनेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्व
  • राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्दराष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्द
  • नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहालनेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वासिङटन-  अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी...  विस्तृतमा

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑