काठमाडौं-समूह चरणको अन्तिम खेलमा साबिक विजेता चिलीमाथि अन्तिम समयमा गोल गर्दै उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज बिहान भएको खेलमा उरुग्वेले चिलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टिमले गोल गर्ने पटक–पटक अवसर बनाए पनि सदुपयोग हुन सकेन ।
तर, दोस्रो हाफमा उरुग्वेले गोलको खडेरी तोड्यो । उसका लागि खेलको ८२ औं मिनेटमा रोड्रिग्वेजको पासमा इडिसन काभनीले आकर्षक हेडिङ गोल गरेपछि खेलमा उरुग्वेले १-० को अग्रता लियो ।
त्यसपछि बाँकी समयमा चिलीले गोल फर्काउन सकेन । र, खेल उरुग्वेले १-० ले जित्यो ।
यससँगै उरुग्वे ३ खेलबाट ७ अंक जोड्दै समूह ‘सी’को विजेता बनेर अन्तिम आठमा पुगेको छ । पराजित चिली तीन खेलमा दुई खेल जितेर ६ अंकसहित उपविजेता बनेर अन्तिम आठमा पुग्यो ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस