सोल-दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सन् २०२० सम्मका लागि मजदूरहरुको न्यूनत्तम ज्याला प्रतिघन्टा दश हजार वन पुर्याउने कार्ययोजना बनाइ रहेका बेला मुख्य बिपक्षी पार्टीका अध्यक्ष ह्वान क्यो अहनले कोरियन र बिदेशी कामदारको ज्याला फरक हुनुपर्ने राय व्यक्त गरेका हुन् |
उनले बुसानमा आयोजना गरिएको उद्योग बाणिज्य संघमा यस्तो भनाइ राखेका थिए |
कोरियामा साना तथा मझौला उद्योगहरुलाई पर्न गएको भारलाई कम गर्न यो प्रस्ताब उनको पार्टी लिबर्टीले अघि सारेको हो |
कोरियन र बिदेशी कामदारलाई दिइने ज्यालामा सानता हुनु उचित नभएको उनको भनाइ थियो |
समान ज्यालाले स्वदेशी कामदारले देशका लागि दिएको योगदानको कदर नहुने भएकाले बिदेशी कामदारको तुलनामा स्वदेशी कामदारको ज्याला उच्च हुनुपर्ने ह्वानले बताए |
ह्वान भूतपूर्व राष्ट्रपति पार्क गुन हेका पालामा दुई बर्ष प्रधानमन्त्री भएर जिम्मेवारी सम्हालेका थिए |
ह्वानको भनाइ सार्बजनिक भए लगतै कोरियन मजदूर संगठनहरुले यसको बिरोध गरेका थिए |
प्रवासी मजदूर युनियन लगायतका मजदूर संगठनले प्रतिघन्टा ज्याला दश हजार वन हुनुपर्छ भन्दै आन्दोलन गरिरहेका छन् |
पेरू - दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस