काठमाडौं-नेइमारलाई फर्काउने स्पेनिस बार्सिलोनाले राखेको प्रस्ताब फ्रेन्च क्लब पिएसजीले ठाडै अस्वीकार गरेको छ ।
फ्रेन्च मिडिया ‘टेलिफुट’का अनुसार बार्सिलोनाले हालै मात्रै ब्राजिलियन नेइमारका लागि लिग वान च्याम्पियनसँग प्रस्ताव गरेको थियो । तर, पिएसजीले आफ्ना प्रमुख खेलाडीका लागि स्पेनको प्रस्ताव अस्वीकार गरेको हो |
ब्राजिलियन मिडियाले भने ‘नेइमार र बार्सिलोनाबचि ५ वर्षका लागि सम्झौता भएको’ खबर प्रकाशित गरेको थियो । यस्तै खबर स्पेनका मिडियाले पनि छापेका थिए ।
तर, त्यस्तो सहमति क्लब बार्सिलोना र नेइमारबीच मात्रै भएको थियो । नेइमार बार्सिलोना फर्किन क्लब पिएसजी पनि सहमत हुनु आवश्यक हुन्छ ।
पिएसजीले नेइमारलाई सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । पेरिसमा दुई सिजन बिताएका नेइमारले ठूला सफलता पाउन नसकेपछि निराश भएर क्लब छाड्ने तयारी गरेका हुन् ।
उनी अहिले व्यक्तिगत रूपमा पूर्वक्लब बार्सिलोना फर्किन तयार छन् । बार्सिलोना पनि नेइमार फर्काउन लागेको छ । तर, पिएसजीले नेइमारलाई बार्सिलोनाले चाहेजसरी सजिलै बिदा गर्ने पक्षमा देखिँदैन ।
फ्रेन्च मिडियाका अनुसार पिएसजी नेइमारका लागि २५० मिलियनभन्दा कम मूल्यमा बेच्ने पक्षमा छैन । यसअघि फ्रान्सकै मिडियाले पिएसजीले नेइमारका लागि ३०० मिलियन युरो मूल्य तोकेको खबर प्रकाशित गरेको थियो ।
बार्सिलोनाले नेइमार फर्काउन एक खेलाडीसहित कूल मूल्यांकन २०० मिलियन युरो हुने गरी प्रस्ताव गरेको उल्लेख छ । उसले पिएसजीले चाहे आफ्नो टोलीका केही खेलाडीसमेत नेइमारको डिलमा राख्ने बताएको छ ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस