काठमाडौं-चिली ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ | निर्धारित ९० मिनेटभित्र उसले गरेका २ गोल भिएआरबाट रद्द भएपछि पेनाल्टीमा धकेलिएको खेलमा कोलम्बियालाई हराउँदै चिली ब्रासेमिफाइनल प्रवेश गरेको हो ।
आज बिहान भएको तेस्रो क्वार्टरफाइनल खेलमा चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ ले निराश बनायो ।
त्यसअघि निर्धारित ९० मिनेटमा दुवै पक्षबाट गोल नभएपछि खेललाई सोझै पेनाल्टी सुटआउटमा लगिएको थियो । जहाँ चिली भाग्यमानी भयो । त्यसअघि चिलीले खेलमा २ गोल गरे २ वटै भिएआरबाट रद्द गरिँदा कोलम्बिया भाग्यमानी ठहरिएको थियो । तर, पेनाल्टीमा उसलाई भाग्यले साथ दिएन ।
पेनाल्टी सुटआउटमा दुवै टिमका सुरुआती ४ जनाले गोल गरेका थिए । जसमा कोलम्बियाका लागि हामेस रोड्रिग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले गोल गर्न सफलत भए । यता, चिलीका लागि आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार र चाल्र्स अरन्गीजले पनि गोल गरेपछि ४–४ मा पुग्यो ।
तर, कोलम्बियाका लागि पाँचौं पेनाल्टी हानेका विलियम टेसिल्लोले प्रहार पोस्टबाहिर गएपछि चिलीलाई राहत मिल्यो । त्यसपछि एलेक्स सान्चेज टिमका लागि अन्तिम र विजयी पेनाल्टी हान्न आए । र, सजिलै गोल गर्दै टिमलाई ५–४ को जित दिलाउँदै सेमिफाइनलको बाटो देखाए ।
त्यसअघि ९० मिनेटभित्र चिलीले २ गोल गरेका थियो । उसका लागि चाल्र्स अरन्गीज र आर्टुरो भिडालले गोल गरे पनि भिएआरबाट दुवै गोल रद्द गरिँदा चिलीलाई ठूलो झट्का लागेको थियो । खेलमा केही तनावपूर्ण अवस्थासमेत सिर्जना भएको थियो । तर, पेनाल्टीमा चिलीले नतिजा खोसेरै छाड्यो ।
यसअघि कोलम्बियाले समूह चरणमा ३ वटै खेल जितेर शानदार प्रदर्शन गरेको थियो । तर, चिलीसँग उसले आफ्नो लयमा प्रदर्शन गर्न सकेन । खेल अवधिभर चर्को दबाब झेलेको उसले कम मात्रै गोलका अवसर बनायो ।
अब चिलीले सेमिफाइलनमा अन्तिम क्वार्टरफाइनलमा उरुग्वे र पेरुबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एक सेमिफाइनलमा खेल्ने आयोजक ब्राजिल अर्जेन्टिनाको टुंगो लागिसकेको छ ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस