काठमाडौं-आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत शनिवार भएको खेलमा पाकिस्तानले छिमेकी राष्ट्र अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ।
प्रतियोगितामा चौथो जित हासिल गरेको पाकिस्तान ८ खेलबाट ९ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। यस जितपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई अंक तालिकामा १ अंकले पछि पारेको छ। पाकिस्तानले अब लिग चरणमा बंगलादेशसंग अन्तिम खेल खेल्न बाँकी छ। उक्त खेल जितेमा र अन्य खेलको नतिजा आफ्नो पक्षमा पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। उता अफगानिस्तानको यो लगातार आठौं हार हो।
अलराउण्डर इमाद वासिमले नटआउट ४९ रन बनाएपछि अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पाकिस्तानले २ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि बाबर अजामले ४५ र इमाम उल हकले ३६ रनको योगदान गरेको थियो।
अफगानिस्तानलाई २२७ रनमा रोक्ने क्रममा पाकिस्तानका शाहि शाह अफ्रिदीले बलिङमा ४ विकेट लिएका थिए।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले दोस्रो बलमै ओपनर फकर जमनलाई गुमाएको थियो।
टिमले रनको खाता नखोल्दै जमनलाई मुजिव उरहेमान आउट गरेपछि पाकिस्तानलाई सुरुमै झड्का लागेको थियो। तर दोस्रो विकेटका लागि इममा उल हक र बाबर अजामले ७२ रनको साझेदारी गरे। त्यसपछि अफगानिस्तानका मोहम्मद नावीले लगातार इमाम र बाबरलाई आउट गरेपछि पाकिस्तानले ८१ रन हुँदा ३ विकेट गुमायो। इमामले ३६ र बाबरले ४५ रन बनाए।
फकर जमानलाई आउट गरेमा मुजिव उर रहेमानले ३०औं ओभरमा मोहम्म हाफिजलाई आउट गरेपछि पाकिस्तानले १२१ रनमा चौथो विकेट गुमायो।
त्यसपछि हरिस सोहेल २७ रन बनाएर आउट भए भने कप्तान सर्फराज खान रनआउट भए। ३९औं ओभरमा १५६ रन हुँदा सर्फराज रनआउट भएपछि पाकिस्तानले छैटौँ विकेट गुमाएको थियो।
तर सातौं विकेटका लागि इमाद वासिम र शदाब खानले ५० रनको महत्वपूर्ण साझेदारी गरे। ४७औं ओभरको चौथो बदलमा शदाब रनरटआउट भएपछि पाकिस्तानले सातौं विकेट गुमायो।
तर इमाद वासिमले एक छेउबाट इनिङ्स सम्हाल्दै पाकिस्तानलाई जितसम्म पुर्याए। अफगानिस्तान विकेट झार्दै पाकिस्तानालाई दबाबमा राखेपनि खेल फिनिस गर्न नसक्दा पहिलो जितबाट चुक्यो।
इमादले नटआउट ४९ रन बनाउँदै पाकिस्तानलाई जित दिलाए। उनले ५४ बल खेल्दै ५ चौका प्रहार गरे।
अफगानिस्तानका लागि उत्कृष्ट बलिङ गर्दै मोहम्मद नावीले २ विकेट लिए। उनले १० ओभरमा २३ रन मात्र खर्चिए। मुजिव उर रहमानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो। अफगानिस्तानको लागि अस्गर अफगान र नजिबुल्लाह जद्रानले ४२-४२ रन बनाए। यस्तै रहेमत शाहले ३५ तथा इक्रिम अलि खिलले २४ रन जोडे।
पाकिस्तानका लागि शाहि शाह अफ्रिदीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका हुन्। इमाद वासिम र वाहव रियाजले २-२ तथा शदाब खानले १ विकेट लिए।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस