काठमाडौं-संखुवासभामा नेपाल प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बीच मुठभेड भएपछि काठमाडौंबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ।
प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार इन्सपेक्टर शेखरजंग मल्लको नेतृत्वमा सेनाको हेलिकप्टरमार्फत टोली संखुवासभा गएको हो। त्यस्तै सशस्त्र प्रहरीका इन्सपेक्टर उमेश थापाको कमाण्डमा पनि टोली संखुवासभा गएको छ।
३५ जना नेपाल प्रहरी र १० जना सशस्त्र प्रहरी टोली घटनास्थलमा पुगेको हो।
सिलिचोङ गाउँपालिका१ होयङ्ला भन्ने ठाउँमा प्रहरी र विप्लव समूहबीच मुठभेड भएको हो। सो क्रममा प्रहरीले विप्लव समूहका एक जनालाई नियन्त्रणमा लिएको छ।
उक्त समूह आइतबार भोजपुर हुँदै होयङ्ला आइपुगेको थियो। आज सोलुखुम्बुतिर जाने क्रममा प्रहरीसँग मुठभेड भएको हो।
अहिले सो क्षेत्रमा हेलिकप्टरमार्फत गस्ती गरिएको छ।
विप्लव समूहका कार्यकर्ताले प्रहरीतर्फ फायर गर्दै जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। दुवैतर्फ कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस