काठमाडौं-आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न श्रीलंकाले वेस्टइन्डिजमाथि २३ रनको जित निकालेको छ । जितसँगै श्रीलंका शीर्ष चारमा रहने न्युन सम्भावना यथावत राख्न सफल भएको छ ।
३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन मै समेटिदा श्रीलंकाको जित भएको हो । वेस्टइन्डिजका लागि निकोलस पुरनले शतक प्रहार गरे । उनी १ सय ३ बलमा ११ चौका र ४ छक्कासहित १ सय १८ रन बनाउँदै आउट भएका थिए । तर पनि रनपुरा नहुँदा वेस्ट इन्डिज पराजित हुन पुगेको हो ।
यासँगै पुरनले आफ्नो वान डे करियरको पहिलो शतक बनाएका छन् । पुरनले ९२ बलमा शतक पुरा गरेका थिए । सुनिल एम्ब्रिसलाई र शाई होप ५-५ रनमा आउट भएका थिए । क्रिस गेललाई ३५ रनमा, शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४।३ ओभरमा १९९-६ को कमजोर अवस्थामा पुगेको थियो । श्रीलंकाका लागि लाथिस मलिंगाल. ३र कसुन रजित,जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले११ विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ४ रनको योगदान दिए । फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरेका हुन् । जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट लिए ।
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस