मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही पर रहेकाले झरी पर्ने गरी मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेकाले नेपालमा जलवाष्प युक्त वायु आउन नसक्दा पानी पर्न नसकेको मौसमविद समिर श्रेष्ठले बताए । मनसुन सक्रिय अवस्थामै रहे पनि वायुमा जलवाष्पको मात्रा कम भएकाले पानी लगातार पर्न नकसेको उनको भनाई छ ।
जलवाष्प युक्त वायु जति बढी भयो त्यति नै धेरै पानी पर्ने भए पनि अहिले त्यसको मात्रा नेपालमा कम रहेको मौसमविद श्रेष्ठले बताए ।
सोचे जस्तो पानी पर्न नसके पनि मंगलबार देशभरको मौसम सामान्यतया बदली हुने जनाइएको छ । तर केही ठाउँको मौसम भने खुल्ने छ ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । यस्तै पश्चिमको दिपायल, पूर्वी पहाडका केही क्षेत्रमा पनि घाम लागेको छ । पोखराका केही क्षेत्रमा पनि मौसम सफा छ ।
मंगलबार पूर्व र मध्यका केही तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस