काठमाडौं-यसपालीको ईपीएस परीक्षा पास गरेका सोलुखुम्बुका फ्रेमकुमार राई कोरिया जाने अनेक सपना देखिरहेका थिए | असार १३ गते राती नै आफुले यसपालीको ईपीएस परीक्षा पास गरेको थाहा पाए र परिवार साथीभाईबाट बधाई लिए |
राईले कोरिया गएर धन कमाउने परिवारलाई खुशी राख्ने र भविष्यको करियर बनाउने अनेक रंगिन सपना देखे तर त्यो सपना दुई दिन पनि कायम रहन सकेन | उनको सपनामात्र होइन उनको भौतिक शरीर समेत सधैंको लागि माटोमा मिल्यो |
नेपाली सडकमा टिफरलाई यमराज भन्ने गरिन्छ | त्यहि यमराजले राईको रंगिन सपना र देशको लागि चाहिने भर्बराउँदो युवाको जोसलाई माटोमा मिलायो |
राईलाई गत असार १५ गते राती भक्तपुर राधे राधेमा टिफर नामक यमराजले किच्यो | उनको घटनास्थल मै मृत्यु भयो |
उसुहान कोरियन ल्वान्ग्वेज इन्स्टिच्युटमा कोरियन भाषा पढेर पास गरेका राईको मृत्युले परिवार,आफन्तलाई मर्माहित त बनाएको छ | उनलाई पढाउने शिक्षक भारत पाठक समेत मर्माहित भएका छन् |
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस