काठमाडौँ-पहिलो संविधानसभामा तत्कालीन एमालेका सभासद डोलबहादुर (डीबी) कार्कीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको आज काठमाडौँबाट पत्रपत्रिकाले छापेका छन् |
मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरी कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै पैसा असुलिरहेका बेला रंगेहात पक्राउ गरेको थियो ।
काठमाडौंको भिमसेनगोलास्थित घरबाटै कार्की १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । विशेष अदालतमा कार्की र उदासिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले २०६७ सालमै कार्की र उनका सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका थिए । सर्वोच्चका न्यायाधीशद्वय कार्की र रेग्मीको इजलाशले विशेष अदालतको फैसला हुबहु सदर गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ |
कार्की पहिलो संविधानसभामा तत्कालीन एमालेका तर्फबाट समानुपातिक सिटबाट सभासद थिए । त्यतिबेला तत्कालीन एमालेकै नेता भीम रावल गृहमन्त्री थिए । रावललाई भनेर प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कार्कीले घूस लिएका हुन् । त्यतिबेला नेपाल प्रहरीमा ८० प्रहरी निरीक्षक पदका लागि भर्ना खुलेको थियो ।
पेरू - दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस