पाँचथर-स्थानीय स्तरमै लघु उद्यम सृजना गरी स्वरोजगार वनाउने उदेश्यले संचालित गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा पाँचथरका ४ वटा स्थानीय निकायका एक सय ४० जना लक्षित वर्गको सहभागिता रहेको छ ।
जिल्लाका कुम्वायक,मिक्लाजुङ, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकामा संचालित विभिन्न खाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका सिप विकास तालिममा उनिहरुको सहभागिता रहेको हो ।
घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक सहयोग तथा मिलन केन्द्र नेपाल पाँचथरले संचालन गरेको गरिबी निवारणका लागि लघु उद्योम विकास कार्यक्रम मार्फत सिप विकास तालिममा सहभागि वनेपछि उनिहरुलाई स्थानिय स्तरमै स्वरोजगार हुने अपेक्षा गरीएको छ । इच्छा शक्ति भएर पनि वाहिर गएर रोजगार सृजना गर्न नसक्ने स्थानियबासीलाई रोजगारीका लागि यो महत्वपूर्ण अवसर अवसर बनेको कार्यक्रमको अनुगमनको सन्दर्भमा पुगेका जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटाले वताए ।
कार्यक्रम अन्तर्गत लामो अवधिको कार्यक्रममा ४२ जना महिलाहरुको सहाभगिता छ भने मद्यम अवधिको कार्यक्रममा समेत ४२ जना संलग्न छन् । यस्तै छोटो अवधिको सिप विकास कार्यक्रममा ३८ महिला १८ पूरुष गरी ५६ जनाको सहभागिता रहेको कार्यक्रमको अनुगमनको सन्दर्भमा कुम्वायकमा भेटिएकी मिलन केन्द्र नेपालकी कार्यक्रम संयोजक दिपा राईले वताईन् ।
लामो अवधिको सिप विकास कार्यक्रममा तुम्वेवा कुम्वायक र मिक्लाजुङमा ढाका वुनाई कार्यक्रम भइरहेको छ भने मद्यम अवधिको कार्यक्रम कार्यक्रमले फाल्गुनन्द र तुम्वेवामा वाँस वाट उत्पादित सामाग्रि वनाउने र सिलाई कटाइ तालिम संचालित छ भने छोटो अवधिको कार्यक्रम अन्तर्गत दुग्ध डेरी, वाख्रा पालन,वुटिक र डल कुशन निर्माण तालिमहरु तुम्वेवा, मिक्लाजुङ कुम्वायक र फाल्गुनन्दमा सकिएको संस्थाका अध्यक्ष वहादुरसिं नेम्वाङले वताए ।
उनका अनुसार सिप विकासमा सहभागि भएकाहरुलाई स्थानीय निकाय सहित वैक तथा वित्तिय संस्थासंग सम्वन्वय गराई उद्योग दर्ता गरी व्यवसायीक वनाउने जस्को कारण उनिहरु आत्मनिर्भर वनुन भन्ने लक्ष हरेको वताए ।
लक्षित वर्गका महिलाहरुलाई यो तालिम आम्दानीको भरपर्दो स्रोत हुन सक्ने भन्दै यसको निरन्तरताको लागि सम्वन्धित संस्थाको समेत सकृयता हुनुपर्र्नेमा जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख सापकोटाको भनाई छ ।
स्थानिय स्रोत साधनको अधिकत्तम परिचालन गरी बेरोजगारहरुलाई स्रोजगार सृजना गर्ने प्रयत्न गरेको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत इश्वरीप्रसाद अधिकारीले बताए ।
स्थानिय कच्चा पदार्थहरुलाई अधिक्तम रुपमा प्रयोग गरेर उत्पादन गरीएका यस्ता सामाग्रीहरुको प्याकेजिङ र बजारिकरणमा स्थानिय सरकारको ध्यान जानु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी दिनानाथ लम्सालले वताए ।
अनुगमनको सन्दर्भमा जिल्ला सम्वन्वय समिति स्थानीय निकाय संचारकर्मीहरु घरेलु तथा साना उद्योग विकास समिति लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
????????????????????????????????????
काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस