काठमाडौँ : असार १८ गते काठमाडौँ मलमा कर्मचारी संचयकोष भवन सुन्धारा इकाईको प्रबन्धक श्री मुक्तिनाथ सुबेदीको प्रमुख आतिथ्यतामा नब गठित संचयकोष भवन ब्यापार संघका अध्यक्ष श्री शिब प्रशाद ढकालको सभापतित्वमा सम्पूर्ण ब्यापारीहरुको उपस्थितिमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा कर्मचारी संचयकोष सुन्धारा इकाईका यस अघिका प्रबन्धक श्री केशब आचार्य बिशेष अतिथि र सब ईन्जिनियर अम्बिका केसी र सीबी खड्का अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । साथै राष्ट्रिय ब्यबसायी महासंघका प्रतिनिधिको रुपमा महासंघका केन्द्रिय सदस्य श्री बिनय अग्रवालको पनि उपस्थिति रहेको कार्यक्रमलाइ नब गठित संघका पदाधिकारी श्री मुरारी कोइरालाले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य जगदीश गौतमले गर्नुभएको थियो भने संचयकोषका कर्मचारी र उपस्थित बक्ताहरुले काठमाडौँ मलको भाडा लगायत अन्य कुराको समाधान भईसकेकोले व्यापारीको हितमा स्थापित यस संघले ब्यापारीहरुको प्रतिनिधिको रुपमा संचयकोष संग सहकार्य गरि समाधान सहित काठमाडौँको एक नम्बरको मल बनाउने कार्यमा लागि पर्न जोड दिनुभयो ।
संचयकोष भवन ब्यापार संघमा शिब प्रशाद ढकालको नेतृत्वमा प्रकाश थापा, मुरारी कोइराला, केशब बहादुर थापा, जगदीश गौतम, सरस्वति श्रेष्ठ सरु, र उमेश भारती सहितको ७ सदशीय संस्थापक सदस्य रहने गरि दर्ता गरि कार्य अघि बढाईएको र अबका दिनमा ईच्छुक र सक्रिय सदस्य व्यापारीहरु थप गरि कार्य अघि बढाउने कुरा सस्थाका सदस्य मुरारी कोइरालले बताउनु भयो ।
काठमाडौँ मलको तेस्रो तलामा रिबन काटि उद्घाटन गरिएको उक्त कार्यक्रममा सुन्धारा भवनका यस अघिका प्रबन्धक केशब आचार्यलाई खादा, पुष्प गुच्छा तथा मायाको चिनो सहित सम्पूर्ण व्यापारीहरुले बिदाई सम्मान समेत गरिएको थियो । त्यसका साथै सस्थामा ठुलो रकम दिएर सहयोग गर्ने ब्यापारी प्रकाश कुमार श्रेष्ठ, मुना धोखिला र रमेश अधिकारिलाइ खादा ओडाएर सम्मान गर्दै सबैमा आभार प्रकट गरिएको थियो ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस