काठमाडौं – आगामी असार २२ गते बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा असन्तुष्ट पक्षले भेला आयोजना गरेर दबाब दिने रणनीति बनाएपछि संस्थापन पक्षले बैठकका एजेण्डा सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संगठनलाई थप सुदृढ र सबल बनाउन आगामी केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्ने बताएका छन्। केन्द्रीय समिति बैठक अघि गुटगत सक्रियता बढेपछि पार्टीको संस्थापन पक्षले बिहीबार विज्ञप्ति निकालेर भ्रम छर्ने प्रयास कतैबाट नगर्न सचेत गराएको छ।
पार्टी प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा संविधान र संसोधित विधानअनुसार ठोस निर्णय हुने उल्लेख छ। शर्माका अनुसार आगामी असार २२ गते बोलाइएको बैठकमा विधान कार्यान्वयनको लागि गठित नियमावली संसोधन समितिले आफ्नो प्रतिवेदन पेस गर्ने छ।
गत मंगलबार गोंगबुमा रामचन्द्र पौडेलको अगुवाइमा असन्तुष्ट पक्षको भेला भएको थियो। बैठकमा विधान कार्यान्वयनमा नेतृत्व उदासिन देखिएको पार्टीको संरचनाहरु निर्माण नगरिँदा पार्टीको आन्तरिक जीवनमा आघात पुगेको, भातृ संस्थाहरु विघटन गरेर लथालिंग पारेको, महाधिवेशनका लागि कुनै तयारी नथालिएको भन्दै अधिकांश सहभागिले नेतृत्वको आलोचना गरेका थिए।
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस