काठमाडौं-आठ जनाको जघन्य हत्या गरेर फरार रहँदै आएका कपिलवस्तुका कुख्यात अपराधी नसिम खान पक्राउ परेका छन् ।
उनी पछिल्लो समय २०७४ फागुन ३ मा ५ वर्षका मोहम्मद रहमानको अपहरणपछि हत्या गरी फरार रहेका थिए । यी ५ वर्षीय बालक मायादेवी–४ का वडा अध्यक्ष फतेह मोहम्मदका छोरा हुन् । फरार रहेका खानलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
नसीम बिरूद्व २०६३ यता सातवटा अन्य हत्याका मुद्दा दर्ता रहेका छन् । नसिम कपिलवस्तुका मोस्ट वान्टेड हुन् । उनीविरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन् । उनी पैसा र पावरका आडमा अर्धभूमिगत बस्दै आएका थिए ।
नसिम खान पछिल्लो समय गत ३ पुसमा कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा कृषिमन्त्री चक्रपाणि खनाल र प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलसँगै देखिएका थिए । यद्यपि उनी त्यहाँ पक्राउ परेनन् ।
प्रहरीको फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता छन् । उनीमाथिका कर्तव्य ज्यानका ६ वटा र एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विचाराधीन छन् भने एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा छ ।
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस