काठमाडौं-नेपालले एसीसी यू-१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक मलेसियासँग खेल्ने भएको छ।
शनिबार समुह बी को अन्तिम खेलमा हङकङसँग ३ रनले पराजित भएसँगै समूह बीको उपविजेता बनेको मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो।
नेपाल भने यसअघि नै समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको थियो।
समुह बी विजेता हङकङले समुह ए को उपविजेता सिंगापुरसँग खेल्नेछ। दुबै सेमिफाइनल खेल सोमबार र फाइनल मंगलबार हुनेछ।
शुक्रबार भएको समूह ए को अन्तिम खेलमा सिंगापुरलाई २१७ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्।
श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ। उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन्।
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस