काठमाडौं-सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् ।
यो समाचार आजको राजधानी दैनिकले छापेको छ |
ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा सरकारले चासो र तत्परता नदेखाउँदा ट्राफिक व्यवस्थापनमा समेत दिन प्रतिदिन जटिलता थपिँदै गएको छ । १२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् ।
ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्नुपरेको छ ।
हाल काठमाडौं उपत्यकामा बेलाबखत ४/५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त त उपत्यकामा बत्ती नै बल्न छाडेको बताउँछन् । उनले सम्बन्धित स्टेक होल्डरसँग समन्वय गर्ने, पत्राचार गर्ने र सुझाव दिने काम गरिरहे पनि ट्राफिक बत्तीको उचित व्यवस्थापन नभएको बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए ।
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस