काठमाडौं-केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन्।
यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए। केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको हो।
सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षीय पदाधिकारीसहित नेताको बैठक बसेको थियो। बैठकमा बोलाइए पनि नेता पौडेल उपस्थित भएनन्।
पौडेललाई बैठकमा भएका छलफलबारे टेलिफोनबाट जानकारी गराइएको महामन्त्री पूर्णबहादुर खड्काले बताए। ‘उहाँ (पौडेल) राजधानीबाहिर हुनुहुन्थ्यो। चितवनबाट आउन ढिला हुन सक्ने जानकारी हामीलाई गराउनुभयो’, महामन्त्री खड्काले भने, ‘हामीले टेलिफोनमै उहाँलाई बूढानीलकण्ठ छलफलबारे जानकारी गरायौं।’
बैठकले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, त्यसपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघलगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा देउवा पक्षधर नेताले तय गरेका छन्। यिनै एजेन्डा केन्द्रीय समिति बैठक बोलाउनुपूर्व तय गरिसकिएको थियो।
बैठकमा देउवासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री खड्कालगायत सहभागी थिए।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस