काठमाडाैं-सरकारले तरकारी र फलफूलमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्।
विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ। जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफू आउने गरेका छन्।
नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि विषादी परीक्षण हुन सकेको छैन। झापाको बिर्तामोड, सर्लाही, रुपन्देही, वीरगन्ज, नेपालगन्ज र महेन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला देखाउने दाँतमात्र भएका छन्।
झापाको बिर्तामोडस्थित कृषि बजारमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला छ। चार वर्षअघि स्थापना भएको यो प्रयोगशालामा किसान र व्यापारीले तरकारी र फलफूलमा विषादीको मात्रा कति छ भने र जाँच गराउदैनन्। कार्यालयका कर्मचारीलाई शंका लाग्यो भने बजारमा गएर नमुना ल्याएर विषादीको मात्रा जाँच गरिन्छ।
प्रयोगशालाकी प्राविधिक अन्जु आचार्यका अनुसार कर्मचारीले आफैंले गएर जाँच्ने हो। ‘किसान र व्यापारीले ल्याएको जाँच गर्दैनौं। त्यसैले सम्भव भएसम्म बजारमा जान्छौं। तर सबै ठाउँमा नमुना संकलन गर्न सकिएको छैन।’
पूर्वी नाका काँकडभिट्टाभन्दा झन्डै २० किलोमिटर पश्चिम बिर्तामोडमा विषादी मापन केन्द्र भए पनि यसले प्रभावकारी काम गर्न नसकेको उपभोक्ता बताउँछन्। नमुना जाँच नभएका आयातित तरकारी र फलफूल पूर्वका विभिन्न बजारमा निर्वाध बिक्री वितरण हुने गरेका छन्।
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस