काठमाडाैं-
प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा त्रिभुवन विश्वविद्यालयले मर्मत गरेको सडक २४ घण्टा नबित्दै खाल्डा परेको छ।
त्रिविको ६०औं वार्षिकोत्सव समारोह बुधबार टियुभित्र भएको थियो। सो समारोहमा भाग लिन कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली विश्वविद्यालय आएका थिए। कूलपति एवं प्रधानमन्त्री आउने भएपछि विश्वविद्यालयले रातारात सडक मर्मत गरेको थियो।
सार्वजनिक सवारीसाधन निषेध रहने विश्वविद्यालय गेटदेखि कीर्तिपुर नयाँ बजारसम्मको यो सडक कीर्तिपुर ओहोर–दोहोर गर्ने सर्वसाधारण तथा विद्यार्थीले प्रयोग गर्छन्। निजी नम्बर प्लेटका हल्का गाडी र मोटरसाइकल चल्छन्।
यो सडकको पश्चिम लेन केही महिनाअघि मेलम्ची खानेपानी आयोजनाले खनेर भत्काएपछि मर्मत गरेको थियो। पूर्वपट्टि खाल्डाखुल्डी थिए।
सडकको अवस्थाका कारण भीभीआइपी सवारी अप्ठ्यारोमा पर्ने देखिएपछि विश्वविद्यालयले हतार–हतार सडक मर्मत गरेको हो।
‘प्रधानमन्त्री टियुमै आउने निश्चित भएपछि मात्र सडक मर्मतको काम अघि बढाउने काम भएको हो। आइतबारदेखि मंगलबार रातिसम्म सडक मर्मत गरिएको हो’, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय स्रोतले भन्यो, ‘हतारमा गर्दा काम गडबड भएछ। वर्षायामको काम भएकाले पनि होला कालोपत्रे उक्किएको छ।’ (तस्वीर-अनलाइनखबर)
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस