काठमाडौं- रोजगारीका लागि दक्षिण कोरिया गएर फर्केपछि नेपालमा सफलतापूर्वक ब्यबसाय गरिरहेका उद्यमीलाई सरकारले सम्मान गरेको छ |
कोरियामा सिकेको सीप र ज्ञानलाई सदुपयोग गदै नेपालमा सफलतापूर्वक ब्यबसाय गरिरहेका ३ जनालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कार स्वरुप ५० हजार नगद सहित गरेको हो।
उद्यमी राष्ट्रिय पुरस्कार सम्मान पाउनेमा दक्षिण कोरियाबाट फर्किएर झापा कन्काइ १ मा व्यवसाय सञ्चालन गरिरहेका दिपक चापागाँई, गार्मेन्ट सञ्चालन गरिरहेका मकवानपुरका मनोजकुमार भारती र गार्मेन्ट सञ्चालकका रुपमा काम गरिरहेका कैलालीका त्रिलोक पनेरु र
त्यस्तै उद्यमी राष्ट्रिय पुरस्कार युएईको होटलमा काम गरि फर्किएर अर्गानिक कृषि फर्म सञ्चालन गरिरहेका भोजपुरका निरबहादुर राउत, मलेसियाबाट फर्किएर व्यवसायिक कृषि गरिरहेका एकबहादुर सिङ्ताङ र युएईमा व्युटीसियन काम गरी फर्किएर कृषि फर्म सञ्चालन गरिरहेकी शर्मिला अधिकारीलाई पनि उद्यमी राष्ट्रिय पुरस्कार स्वरुप ५० हजार प्रदान गरिएको छ |
मन्त्रालयले दुवईबाट फर्किएका नवराज पौड्याललाई उत्कृष्ठ राष्ट्रिय पुरस्कार स्वरुप नगद १ लाख प्रदान गरेको छ |
वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका युवाहरुलाई सम्मान गर्दै वैदेशिक रोजगारबाट फर्किएर देशभित्रै उद्यम गर्ने युवाहरुलाई सरकारले सक्दो सहयोग गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए।
श्रम सचिव महेश दाहालले सरकारले विदेशबाट फर्किएर देशमै काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्नका लागि सरकारले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम अघि सारेको बताए।
बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी)... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस