काठमाडौं-सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो।यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पेजमा छापेको छ |
ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन। अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन। मेलम्चीको पानी उपत्यकामा नआए पनि ट्यांकर र जारबाट पानी आपूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले आफू भौतिक योजनामन्त्री हुँदा मेलम्चीका सन्दर्भमा एक कार्यक्रममा भनेका थिए, ‘यो मेलम्ची छिटो उपत्यकामा आयो भने मिनरल वाटर (पानी व्यापारी)वाला आगो (क्रूद्ध) हुन्छन् होला।’
उपत्यकामा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको पानी व्यापार हुने गर्छ। विगतमा लोडसेडिङ हट्न नदिन इन्भर्टर व्यापारी जसरी लागेका थिए त्यसरी नै उपत्यकामा मेलम्चीको पानी ल्याउन नदिन पानी व्यापारी लागिपरेको प्रमाण भेटिएको छ। खानेपानी व्यापारमा संलग्न व्यापारी मात्र होइन, सरकारी अधिकारी पनि संलग्न पाइएको छ। आयोजनाका कार्यकारी निर्देशक कँडेल आफैं बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन्।
कँडेलले पत्नी अञ्जु खड्काका नममा क्रिस्टल आक्वा सर्भिसेस प्रालिको व्यवसाय गर्दै आएका छन्। उनको कम्पनीमा अन्य सञ्चालकमा सम्झना बाँस्कोटा, इन्दिरा चौलागाईं र साधना तिवारी बराबर हिस्सेदार छन्। कम्पनी रजिस्ट्रार कार्यालयमा २०६६ माघ १० गते दर्ता भएको कम्पनीको दर्ता नम्बर ६९८१२–५ छ।
अचम्म त के छ भने खानेपानी व्यापारमा संलग्न व्यक्ति कसरी आयोजनामा कार्यकारी प्रमुख भए ? कँडेल गत वर्षको असार ३ देखि आयोजना प्रमुखका रूपमा कार्यरत छन्। उनी उपत्यकाभर खानेपानी आपूर्ति गर्ने सरकारी निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अध्यक्षसमेत भए। उनी केयूकेएलका सञ्चालक समिति सदस्य छन्। पुनः अध्यक्ष बन्न दौडधुप गरिरहेका छन्। केयूकेएलको नियमावलीअनुसार व्यापार÷व्यवसाय गरेको, केयूकेएलसँग व्यापारिक स्वार्थ भएको व्यक्ति यसको सञ्चालक समिति सदस्यका लागि अयोग्य मानिन्छ। कानुनतः अयोग्य हुँदाहुँदै कँडेल पदाधिकारीमा मनोनीत हुन सफल भए।
बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस